सर्लाही । फागुन २२ गतेदेखि हरिवनमा सुरू भएकाे महायज्ञमा दाताहरूकाे उपस्थिति बाग्लाे हुँदै गएकाे छ । शनिबार महायज्ञमा मानवसेवा आश्रम सर्लाही शाखाकाे भवन निर्माण सेवाका लागि १९ लाख ३१ हजार ३ सय ४४ रूपैयाँ दान संकलन भएकाे आश्रमले जनाएकाे छ ।
त्यस्तै सर्लाहीकाे हरिवन नगरपालिका ८ नम्बर वडा कार्यालयले मानवसेवा आश्रम सर्लाही शाखाकाे निर्माणाधीन भवनकाे एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ दिने भएकाे हाे । महायज्ञमा ८ नम्बर वडा कार्यालयका वडाअध्यक्ष प्रज्वल ढुङ्गानाले सर्लाही शाखाकाे एक काेठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे । साथै वडा कार्यालयले सर्लाही शाखाकाे व्यवस्थापनका लागि १ लाख रूपैयाँ विनियाेजन गरेकाे छ ।
सर्लाही शाखाकाे निर्माणाधीन भवनकाे एक काेठा निर्माणका लागि सगुन बचत तथा ॠण सहकारी संस्थाले ५ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गरेकाे छ । सर्लाही शाखाकाे भवनकाे एक काेठा निर्माणका लागि हरिवन नगरपालिका उपमेयर हरिमाया घलानले व्यक्तिगत रूपमा ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयाेग गर्ने बताउनुभएकाे छ । नगरपालिकाले भवन निर्माण सेवामा लागि ५६ लाख २१ हजार प्रदान गरिसकेकाे छ ।
हाल कोलोराडो संयुक्त राज्य अमेरिका, निवासी सन्तोष आचार्य/अंजली शर्मा आचार्य, सार्थक आचार्यकाे परिवारले महायज्ञमा शनिबार सर्लाही शाखाकाे भवन निर्माण सहयोगार्थ १ लाख रूपैयाँ याेगदान गर्नुभएकाे हाे । त्यस्तै स्थायी घर ताप्लेजुङ भइ हाल अमेरिकाकाकाे पेन्सिलभेनिया निवासी जीवन दाहालले जन्मदिनकाे अवसरमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयाेग गर्नुभएकाे हाे ।
हरिवन-निवासी गंगा मैनालीले सर्लाही शाखाकाे भवन निर्माण सहयोगार्थ १५ हजार ५ सय रूपैयाँ याेगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
हरिवन नगरपालिका-२ सर्लाही निवासी भिमप्रसाद दाहाल र गोमा दाहालले १५ हजार ५५ रूपैयाँ, हरिवन नगरपालिका-८ सर्लाही निवासी रेणु पाण्डेले १५ हजार ५ रूपैयाँ, हरिवन नगरपालिका-११, सर्लाही निवासी रामबहादुर श्रेष्ठ र निशा श्रेष्ठले १५ हजार १ सय ५ रूपैयाँ दान गर्नुभएकाे छ ।
महायज्ञमा बागमती नगरपालिका-४, सर्लाही निवासी संगीता मैनालीले भवन निर्माण सेवाका लागि ५ हजार ५ रूपैयाँ, डिल्ली पाण्डे र सरस्वती पाण्डे ५ हजार ६ सय ५५ रूपैयाँ, मात्रिकाप्रसाद देवकोटाले ५ हजार ५ सय २५ रूपैयाँ, शंकर रेग्मीले ५ हजार ५ रूपैयाँ, गंगा माया दाहालले ५ हजार ५ रूपैयाँ, कमला थापाले ५ हजार ५ सय ५५ रूपैयाँ, कुलबहादुर सिंजाली मगरले ५ हजार ५ सय ५५ रूपैयाँ, घनश्याम खड्काले ५ हजार ५ सय ५० रूपैयाँ, सिता दाहाल र युवराज पौडेल ५ हजार ५५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
महायज्ञमा भवन निर्माण सहयोगार्थ हरिवन नगरपालिका-९ सर्लाहीस्थित विष्णुपुर महिला सामुदायिक वन उपभोक्ता समूहले १५ हजार ५ सय ६० रूपैयाँ र हरिवन नगरपालिका-९ सर्लाहीस्थित जय सन्तोषी माँ कृषि महिला समूहले १५ हजार ५ सय ५५ रूपैयाँ याेगदान गरेकाे छ ।
आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेकाे हाे । फागुन २२ गतेदेखि हरिवन नगरपालिका-११ स्थित सुर्तिविकास खेल मैदानमा सुरू भएको महायज्ञ फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।
आइतबार महायज्ञमा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा मानवसेवा आश्रमका अभिभावक नारायणकाजी श्रेष्ठ, वरिष्ठ हास्य कलाकार सुरेन्द्रबहादुर केसी, हास्य कलाकार एवं मानवसेवा आश्रमकाअभिभावक किरण केसीकाे समेत विशेष उपस्थिति रहने यज्ञ मूल आयाेजक समितिले जानकारी दिएकाे छ ।