सर्लाही । मानवसेवा आश्रमले सर्लाही शाखाकाे भवन निर्माणका लागि सुरू गरेकाे महायज्ञमा दान गर्ने दाताहरूकाे सहभागिता बढ्दै गएकाे छ । साेही क्रममा शुक्रबार महायज्ञमा सर्लाही शाखाकाे भवन निर्माणार्थ मनकारी दाताहरूले गक्ष अनुसारकाे सहयाेग गरिरहनु भएकाे छ । महायज्ञमा दुई दिनकाे अवधिमा ८२ लाख ९७ हजार २ सय १७ रूपैयाँ दान संकलन भएकाे मानवसेवा आश्रमकाे वृत्त विभागले जनाएकाे छ ।
शुक्रबार महायज्ञमा सहभागी हुँदै हरिवन नगरपालिका-२ सर्लाही निवासी अर्जुन प्रसाईं/अरुणा राणा प्रसाईंले स्वर्गीय बुवा नारायण प्रसाईं र स्वर्गीय आमा क्षेत्रमाया प्रसाईंको स्मृतिमा सर्लाही शाखाकाे एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे हाे ।
त्यस्तै बागमती नगरपालिका-११ सर्लाही निवासी हरीप्रसाद पुडासैनी र निर्मला पुडासैनीले भवन निर्माण सहयोगार्थको लागि महायज्ञमा शुक्रबार ५१ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे छ । हरिवन नगरपालिका सर्लाहीस्थित नेपाल निवृत्त शिक्षक समाजले भवन निर्माणका लागि १५ हजार ५ सय ५ रूपैयाँ, बागमती नगरपालिका-२ सर्लाहीस्थित बगाले थापा सेवा समाजले १६ हजार १ सय रूपैयाँ दान गरेकाे छ ।
महायज्ञमा भवन निर्माणका लागि हरिवन नगरपालिका-२, सर्लाही निवासी राजेन्द्र प्रसाईं र बिना थपलिया प्रसाईंले १५ हजार ५ सय ५५ रूपैयाँ, हरिवन नगरपालिका-२ सर्लाही निवासी देवराज प्रसाईं र तुलसा पौडेल प्रसाईंले १५ हजार ५ सय ५५ रूपैयाँ, वासु तिमिल्सिना १५ हजार ५ सय रूपैयाँ, हरिवन नगरपालिका-०२, सर्लाही मुरारी विक्रम प्रसाईं र शारदा पौडेल प्रसाईं १५ हजार ५ सय ५५ रूपैयाँ, भरतपुर नगरपालिका-५ चितवन निवासी ओमकार कँडेलज्यू/भवानी कँडेलले १५ हजार ५ सय ५५ रूपैयाँ, रत्ननगर नगरपालिका-८ चितवन निवासी रामेश्वर शिलवालले १५ हजार ५ सय ५५ रूपैयाँ, सिड्नी अस्ट्रेलिया निवासी निता तामाङले २५ हजार ५ रूपैयाँ, बिजुली भण्डारी र भीमसेन भण्डारीले २० हजार ५ रूपैयाँ याेगदान गर्नुभएकाे छ ।
महायज्ञमा हरिवन नगरपालिका-२ सर्लाही निवासी रुकुमाया पौडेलले भवन निर्माणका लागि २५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे भने हरिवन नगरपालिका-९ सर्लाही निवासी शारदा थापा र माधव थापा १५ हजार ५ सय रूपैयाँ, बागमती नगरपालिका-८ सर्लाही कुलप्रसाद सुवेदी र तिर्थकुमारी सुवेदीले ११ हजार १ सय ११ रूपैयाँ र भवन निर्माण सहयोगका लागि श्री बिजेन्द्रनाथ श्रेष्ठले ५ हजार १ रूपैयाँ दान गर्नुभएकाे हाे ।
महायज्ञमा बिहीबार हरिवन नगरपालिकाले सर्लाही शाखाकाे भवन निर्माणका लागि ५६ लाख २१ हजार रूपैयाँ सहयाेग गरेकाे हाे ।
त्यस्तै सर्लाही स्थानीय पालिकाहरूले पनि महायज्ञमा प्रतिबद्धता जनाउने क्रम जारी रहेकाे छ । साेही क्रममा सर्लाहीका बरहथवा नगरपालिका, बागमती नगरपालिका र ईश्वरपुर नगरपालिकाले सर्लाही शाखाकाे भवनकाे एक/ एक काेठा निर्माणका लागि प्रतिबद्धता जनाएका छन् । साेही अनुसार प्रत्येक नगरपालिकाले शाखाकाे एक काेठा निर्माणका लागि ५ लाख ११ हजार १ सय १५ रूपैयाँ याेगदान गर्नुपर्ने छ ।
साथै महायज्ञमा शनिबार नेपालका चर्चित अभिनेता निखिल उप्रेतिकाे समेत उपस्थिति रहने महायज्ञ मूल आयाेजक समितिले जनाएकाे छ ।
आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेकाे हाे ।
हिजाेदेखि सुरू भएको महायज्ञ हरिवन नगरपालिका-११ स्थित सुर्तिविकास खेल मैदानमा फागुन २९ गतेसम्म सञ्चालन हुनेछ ।भागवत भास्कर कमलनयन गौतमले कथावाचन गरिरहनु भएकाे महायज्ञबाट ११ करोड दान संकलन हुने लक्ष्य राखिएकाे महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।