सर्लाही । हरिवन नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानमुक्त नगरपालिका घोषणा भएको छ । बुधबार बसेको नगर कार्यपालिकाको बैठकले हरिवन नगरपालिकालाई मधेश प्रदेशको पहिलो मानवमुक्त पालिका घोषणा गर्ने निर्णय गरेको हो ।नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त पालिका निर्माण कार्यलाई निरन्तरता दिने भएको छ । आर्थिक वर्ष ८१र८२ को वार्षिक बजेट तथा कार्यक्रममा सुनिश्चित हुने गरी नगरपालिकालाई सडकआश्रित मानवमुक्त नगरपालिक घोषणा गरिएको हो ।
कसैले पनि बेसहारा,असहाय,अशक्त,अभिभावकविहीन तथा सडकमा बेवारिसे भइ बाँच्न पर्ने अवस्थाको अन्त्य गर्नको लागि सडकआश्रित मानमुक्त नगर घोषणा गरिएको नगरप्रमुख कमल बुढाथोकीले बताउनुभयो ।
मानवता प्रवद्धर्न महाअभियान अन्तर्गत मानवसेवा आश्रमसँग सहकार्य गर्दै नगरप्रमुख बुढाथोकीले नगरपालिका सडकआश्रित मानवतायुक्त बनाउने अभियानलाई पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बिहीबार महायज्ञको उद्घाटन सत्रमा नगरप्रमुख बुढाथोकीले मानवसेवा आश्रमका संस्थापक अध्यक्ष अधिकारीलाई घाेषणा पत्र हस्तान्तरण गर्नुभएकाे हाे ।
आश्रमले ‘मिसन २०८२’ तय गर्दै सहयोगापेक्षी ९बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर० सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण, घोषणा र कार्यान्वयनका लागि राष्ट्रिय अभियान थालेको हो ।
साथै नगरप्रमुख बुढाथोकीले मानवसेवा आश्रम सर्लाही शाखाको भवन निर्माणको लागि ५६ लाख २१ लाख रूपैयाँको चेक आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो । त्यस्तै बुढाथोकीले भवन निर्माणार्थ आजदेखि सुरू भएको महायज्ञमा दिन खोलेर सहयोग गर्न सम्पूर्णलाई आग्रह समेत गर्नुभयो ।