भाद्र ३०,काठमाडौँ । मानवसेवा आश्रम लमजुङको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले मानवसेवा आश्रम काठमाडौँको रानीवन शाखामा शनिबार आयोजित मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको अध्ययक्षता मानवसेवा आश्रमका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष रामजी अधिकारीज्यले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङज्यू विशिष्ट अतिथि संविधान सभा सदस्य तथा मानवसेवा आश्रम भौतिक विकाश प्रवद्र्धन समिति लमजुङका संयोजक जमिन्द्रमान घलेज्यू, अतिथीहरु नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठज्यू संविधानसभा सदस्य माननीय निर्वाचन आयुक्त माननीय जानकी पाण्डे तुलाधरज्यू, अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारीज्यू, अवकाशप्राप्त अतिरिक्त प्रहरी महानिरीक्षक रोहित थापाज्यू, अवकाशप्राप्त नेपाली सेनाका उपरथी निरञ्जन श्रेष्ठज्यू, उपत्यका विकाश प्राधिकरणका पूर्व विकाश आयुत डा.भाईकाजी तिवारीज्यू, रिलायवल लाईफ ईन्सुरेन्सका सिईयो नारायण बहादुर लोहनीज्यू,कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका पूर्व डिन सरोजराज मिश्रज्यू साथै लमजुङवासी विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मानवसेवा आश्रममा दिनदुःखी असहाय बेसाहाराहरुको सहयोग गरेको देखेर आफू पनि मानव सेवा आश्रमको सेवाप्रति प्रेरित भएको बताउनुभयो ।
आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा पनि मानवसेवा आश्रमको जग्गा तथा भवन निर्माणको लागि सहयोग गरेको स्मरण गर्दै मानवसेवा आश्रम लमजुङ शाखाको भवन निर्माणको लागि पनि आफू, आफनो मन्त्रालय र प्रधानमन्त्रीसँग पनि सरसल्लाह गरेर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।
मन्दिर गएर मूर्तिको पूजा गर्नुभन्दा ठूलो धर्म साक्षात मानवसेवा गर्नु भएको भन्दै मानवसेवा आश्रम मानवताप्रेमीहरुको मन्दिर भएको बताउनुभयो ।
यसैगरी संविधान सभा सदस्य तथा मानवसेवा आश्रम भौतिक विकाश प्रवद्र्धन समिति लमजुङका संयोजक जमिन्द्रमान घलेज्यूले २०८१ सालको अन्तिमसम्ममा आफ्नै भवनमा मानवसेवा आश्रम लमजुङ शाखा सार्ने योजना रहेको भन्दै निर्माणमा जुट्न सबै लमजुङवासीलाई आग्रह गनुभयो ।
यस्तै कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सुरेशमान श्रेष्ठज्यूले मानवसेवा आश्रमले दिनदुःखी, असहाय, बेसाहाराहरुको सहयोग गरेको दखेर आफू पनि भावनात्मक रुपमा मानवसेवा आश्रममा समर्पित भएको बताउनुभयो ।
मानवसेवा आश्रममा रहनुभएका करिब २०० भन्दा बढी युवा अभियान्ताको जीवन कसरी चल्छ भन्नेबारे सोचेर आफूले १ लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको र आगामी दिनमा पनि सहयोग गर्ने पनि बताउनुभयो ।
मानसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले मानवसेवा आश्रम लमजुङ शाखा २०७२ मा सुरुवात भएको बताउँदै उहाँले अहिले निर्माणधीन भवनमाथि पहिरो गएकोले भवन निर्माणमा संकलन भएको रकम पहिरो नियन्त्रण गर्ने काममा लगानी भएको बताउँदै अब भवन निर्माणको लागि सबैको साथ सहयोगको अपेक्षा राखेको बताउनुभयो । अधिकारीज्यूले मानवसेवा आश्रमको साथै मेचीमहाकाली राष्ट्रिय अभियानका बारेमा पनि भिडियोमार्फत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा लमजुङ साथै अन्य जिल्लाहरुका विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा मानवसेवा आश्रम लमजुङ शाखाको भवन निर्माणका लागि विभिन्न संघसंस्थाले संयुक्त रुपमा साथै इच्छुकले व्यक्तिगत रुपमा पनि सहयोगको प्रतिवद्धता गर्नुभएको छ । सहयोग प्रतिवद्धताबाट उत्साहजनक रकम रु ५० लाख १ हजार ५ सय ५५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
स्वर्गीय पिता शिवराज पन्त र स्वर्गीय आमा देवी कुमारी पन्तको सम्झनामा छोरा राजनबाबू पन्तज्यूले आश्रमको निर्माणको लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी टोखा ३ कोहीटीका डाक्टर भाइकाजी तिवारीज्यूले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपरथी निरञ्जन कुमार श्रेष्ठले पितृहरुको सम्झनामा १ लाख ११ लाख १ सय ११ रुपैया यसैगरि बलबहादुर सुयलज्यूले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग, लमजुङ दिदीबहिनी समूहबाट पनि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यस्तैगरी रिलायन्स कम्पनीद्वारा ५ लाख ११ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ ।
सन्तोष बाबू लोहनीद्वारा ६१ हजार रुपैयाँ, गुणराज घिमिरेज्यूले ५१ हजार १ सय ११ रुपैयाँ आश्रमलाई सहयोग प्रदान गर्नुभएको छ । यसैगरी कमल थापाज्यलेू २५ हजार, बिनोद बोहोराज्युले ५ हजार ५, मनमाया बरालज्यूले र हेमकला बरालज्यूले १० हजार रुपैयाँ, नारायण खड्काज्यु र सरिता थापा खड्काज्युद्धवारा ५ हजार ५ रुपैया, रबिन्द्र थापाज्यू र यमकला थापाज्यूले २५ हजार ५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।यसैगरी बमबहादुर थापाज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ, बद्रीनाथ पौडेलज्यूले २५ हजार ५ सय ५५, पवित्रा कार्की रायमाझीज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ, सुजना बोहोरा अवस्थीज्यूले २५ हजार, सरोज राज मिश्रज्यूले २५ हजार र रामशरण अधिकारीज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।