विराटनगर । मानवसेवा आश्रम शाखा कार्यालय विराटनगरलाई भैरव गण थलाहा ब्यारेकद्वारा खाद्यान्न सामाग्री प्रदान गरिएकाे छ ।
बुधबार महाशिवरात्री तथा सेना दिवसको अवसरमा भैरव गण थलाहा ब्यारेक मोरङले मानवसेवा आश्रम विराटनगर शाखाको तिनटोलीया र पोखरीया सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका मानिसहरूलाई आवश्यक पर्ने खाद्यान्न प्रदान गरेकाे हाे । गणले आश्रम व्यवस्थापनका लागि चामल १० बोरा, दाल १५ केजी, चिनी १० केजी, चियारङ ८ प्याकेट, बिस्कुट ३ कार्टुन, नुन १५ केजी लगायतका सामाग्रीहरू सहयाेग गरेकाे हाे ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा भैरव गण थलाहा ब्यारेक मोरङले गरेकाे सहयाेगले आश्रम व्यवस्थापनमा थप सहजता प्रदान गरेकाे छ ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय,अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।