काठमाडाैँ । मावनसेवा आश्रम काठमाडाैँकाे रानीवन सेवाकेन्द्रले ३ जना बेवारिसे मानिसकाे प्रहरीकाे समन्वयमा उद्धार गरेकाे छ । साेमबार फरक फरक समयमा ३ जना सहयाेगापेक्षी सडकआश्रित मानिसहरूकाे उद्धार गरी रानीवन सेवाकेन्द्रले संरक्षणमा राखेकाे छ ।
उद्धार हुने मध्ये साेमबार साझ करिब ७ बजे चन्द्रागिरि नगरपालिका-१२ बलम्बुकाे सडकपेटीमा कष्टकर रूपमा जीवन बिताउन बाध्य हुनुभएका अन्दाजी ६५ वर्षीय कृष्णबहादुर श्रेष्ठ नाम थर बताउने पुरूषकाे उद्धार गरिएकाे हाे ।

त्यस्तै रानीवन सेवाकेन्द्रले आइतबार फागुन ११ गते रातिकाे १० बजे बुढानिलकण्ठ नगरपालिका वडा-१० कपनमा बेवारिसे अवस्थामा फेला पारेपछि नगर प्रहरीकाे समन्वयमा नाम थर बताउन नसक्ने अन्दाजी ७०/७५ वर्षीय महिलाकाे उद्धार गरेकाे हाे ।

साेमबार नै मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रले बेलुका ७:३० बजे चन्द्रागिरि नगरपालिका वडा-३ थानकोटकाे सडकपेटीबाट सरिता तामाङ नाम थर बताउने अन्दाजी २३/२४ वर्षीय महिलाकाे प्रहरीकाे रहाेवरमा उद्धार भएकाे छ ।मानसिक रूपमा कमजाेर तामाङकाे रानीवन सेवाकेन्द्रकाे संरक्षणमा राखेर उपचार गरिनेछ ।

उद्धार गरिएका ३ जना रानीवन सेवाकेन्द्रकाे संरक्षणमा रहेकाे हुँदा परिवार खाेजेर मानवीय सेवामा सहयाेग गरिदिन हुन आश्रमले सबैलाई आग्रह समेत गरेकाे छ ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।