धनगढी । मानवसेवा आश्रम धनगढी सेवाकेन्द्रमा नेशनल लाईफ ईन्साेरेन्स कम्पनी लिमिटेडले ३८ ओैँ वार्षिकाेत्सव मनाएकाे छ । शनिबार वार्षिकाेत्सवकाे अवसरका क्रममा ईन्साेरेन्सलेले धनगढी सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका मानिसहरूकाे सेवा सहजताकाे लागि भाेजन याेगदान गरेकाे हाे ।

भाेजनसेवा कार्यक्रममा उपस्थित हुँदै ईन्साेरेन्सका सुदूरपश्चिम प्रदेश नविन किशाेर भट्टले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानवसेवा आश्रमकाे देशभरि रहेकाे सेवाकेन्द्रहरुमा भाेजनसेवा वितरण भइरहेकाे जानकारी दिनुभयाे । त्यस्तै आफू पनि आश्रममा आई बेसाहाराकाे सेवामा जाेडिन पाउँदा खुसी व्यक्त गर्दै मानवीय कार्यमा सदैव साथ दिन प्रतिवद्ध रहेकाे बताउनुभएकाे छ ।
नेपालकाे पहिलाे र अग्रणी जीवन बिमा नेशनल लाईफ ईन्साेरेन्स कम्पनी लिमिटेडकाे ३८ओैँ वार्षिकाेत्सवकाे अवसरमा आयाेजित भाेजनसेवा कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नवीन किशाेर भट्टसँगै कम्पनीमा आवद्ध अन्य कर्मचारीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

त्यस्तै कम्पनीको ३८ औँ वार्षिकाेत्सव अवसरमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.गण्डकीद्वारा मानवसेवा आश्रम शाखा कार्यालय कास्की हेम्जा सेवाकेन्द्रमा समेत भाेजनसेवा याेगदान भएकाे छ ।
शनिबार पोखरा महानगरपालिका-२५ हेम्जा चिप्लेढुङ्गा सभागृह चोकस्थित नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.गण्डकीले कम्पनीको ३८ औँ वार्षिकाेत्सव अवसरमा हेम्जा सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका १ सय ४५ जना मानिसहरूकाे सेवा सहजीकरणका लागि भोजनसेवाको निम्ति नगद २० हजार रूपैयाँ प्रदान गरेकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.गण्डकीका प्रदेश प्रमुख गोपाल ज्ञवाली, पोखरा शाखाका प्रमुख मनोज भारत, हेम्जा शाखाका प्रमुख विश्वराज पौडेल लगायतकाे उपस्थिति रहेको थियो।
मानवसेवा आश्रमले खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय,अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।