रूपन्देही । राष्ट्रिय पराेपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिकाे तत्वावधानमा परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले आयोजना गरेकाे महायज्ञ बुधबार पनि दानवीर दाताहरूकाे बाक्लै उपस्थिति रहेकाे थियाे ।

बुधबार महायज्ञमा बुटवल उपमहानगरपालिका-१२, रुपन्देही निवासी दयाराम न्याैपाने ३ लाख १२ हजार १ सय २२ रूपैयाँ परोपकार कुञ्ज धाम निर्माणका लागि दान गर्नुभएकाे हाे । सिद्धार्थनगर नगरपालिका-८ रुपन्देही स्थित परोपकार महासंघ सिद्धार्थनगर समितिले १ लाख ८१ हजार १० रूपैयाँ दान गरेकाे छ । त्यस्तै महायज्ञमा सहभागी हुँदै बुटवल उपमहानगरपालिका-९रुपन्देही निवासी लोकनाथ भुषाल/आशा भुषालले परोपकार कुञ्ज धाम निर्माणका लागि १ लाख ११ हजार ५ सय रूपैयाँ दान गर्नुभएकाे हाे।

महायज्ञमा बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी हरिध्वज मल्लले १ लाख ११ हजार १ सय १५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ धनकला चौहान श्रेष्ठले १ लाख ११ हजार १सय ११ रूपैयाँ, बाणगंगा नगरपालिका-२ कपिलवस्तु निवासी भिमबहादुर श्रेष्ठले १ लाख ५ हजार ५ सय ५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी सावर सिंह के.सीज्यू / कृष्ण कुमारी के.सीले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे ।

परोपकार कुञ्ज धाम निर्माणका निम्ति दान गर्ने क्रममा बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी रामप्रसाद चापागाई/ शारदा चापागाईले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१४,रुपन्देही निवासी विष्णुप्रसाद न्याैपानेले २६ हजार रूपैयाँ, बुटवल उपमहानगरपालिका-१ रुपन्देही निवासी दिनकुमारी नेपालले ३१ हजार, बुटवल उपमहानगरपालिका-१३ रुपन्देही निवासी रेखा के.सी(विष्ट)/ त्रिशला के.सी(विष्ट)/ मंजला के.सी(विष्ट) ले २५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी ज्ञानधरा महारानीले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी तुलसीराम उपाध्याय/लक्ष्मी रेग्मीले २७ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१२ निवासी ईश्वरीप्रसाद आचार्य/ पुष्पा आचार्य १५ हजार ५ सय ५५ रूपैयाँ, तारापति भट्टराईले २५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी रामु रेग्मीले २६ हजार १ सय १ रूपैयाँ, रूपन्देही निवासी लक्खी सिंह थापाज्यू / शोभा थापाले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी रमाकान्त अर्यालले २५ हजार ७ सय २५ रूपैयाँ, रुपन्देही निवासी टंकप्रसाद खरेलले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी ठगेन्द्रप्रसाद काफ्लेले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी घनिराम भुषालले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी नारायणी उपाध्यायले १५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे बुटवल उपमहानगरपालिका-१२ रुपन्देहीस्थित तामनगर व्यापार समितिले १५ हजार ६ सय रूपैयाँ दान गरेकाे छ ।

जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले वि.सं २०६४ सालमा स्थापना भएको संस्था राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लाहरूमा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेकाे छ । सोही अभियानअन्तर्गत महासंघले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा बुटवल-१५ स्थित भाटाप्रगती टोलमा करीब ४ विगाह क्षेत्रफलमा बिस्तार हुने गरी परोपकार कुञ्ज धाम निर्माणको योजना अगाडि बढिरहेकाे छ ।
धामलाई सेवाकेन्द्रको साथै पर्यटकीय गन्तव्यको रूपमा समेत बिस्तार गर्ने वृहत् लक्ष्य संघले राखिएको छ । त्यही लक्ष्यलाई साकार पार्नको लागि फागुन ४ गतेदेखि ११ गतेसम्म राष्ट्रिय पराेपकार महासंघ नेपालका परिकल्पनाकार/संरक्षक/अध्यक्ष भागवत भाष्कर कमलनयन गौतमले महायज्ञकाे आयाेजना गर्नुभएकाे हाे । साथै बुधबार कथा प्रवचनक तेस्रो दिन चर्चित कार्यक्रम इन्द्रेणीका प्रस्तोता/कलाकार कृष्ण कँडेलसँगै उनकाे टीमकाे प्रस्तुतिले महायज्ञमा थप उर्जा मिलेकाे थियाे ।

राष्ट्रिय पराेपकार महासंघ नेपालले रूपन्देहीमा परोपकार कुञ्ज धाम निर्माणमा सबै पराेपकारी मनहरूलाई सहभागी गराउने उद्देश्यले फागुन ४ गतेदेखि बुटवल-१५ सेमलार भाटाप्रगती टोलमा महायज्ञ सञ्चालन गरेकाे हाे ।