रूपन्देही । राष्ट्रिय पराेपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिकाे तत्वावधानमा परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले आयोजना गरेकाे महायज्ञमा दान गर्ने दाताहरूकाे उत्साहजक सहभागिता रहेकाे छ । यज्ञकाे दाेस्राे दिन मंगलबार मनकारी दाताहरूले परोपकार कुञ्ज धाम निर्माणका लागि आफ्नाे गक्ष अनुसारकाे दान गरेका छन् ।
मंगलबार बुटवल उपमहानगरपालिका- १५ नम्बर वडा कार्यालयले परोपकार कुञ्ज धाम निर्माण निम्ति १० लाख ५१ हजार ५ सय ५५ रूपैयाँ सहयाेग गर्ने प्रतिवद्धता जनाएकाे छ । भने सिद्धार्थनगर नगरपालिका-८ रुपन्देहीस्थित कमलापति गंगादेवी पन्थ स्मृति प्रतिष्ठानबाट महायज्ञमा १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान प्राप्त भएकाे छ ।

परोपकार कुञ्ज धाम निर्माणका निम्ति नै महायज्ञमा ओमसतिया गाउँपालिका-१ रुपन्देही निवासी कर्णध्वज मल्लले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, ओमसतिया गाउँपालिका-२ निवासी रुद्रप्रसाद शर्मा घिमिरेले १ लाख १५ हजार ५ सय १५ रूपैयाँ, ओमसतिया गाउँपालिका-२ रुपन्देही निवासी लालबहादुर श्रेष्ठ/नन्दकुमारी श्रेष्ठले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१३, रुपन्देही निवासी सुन्दर भुसालले १ लाख ११ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
त्यस्तै पोखरा कास्की स्ति राष्ट्रिय परोपकार महासंघले ८८ हजार ५ सय ४५ रूपैयाँ परोपकार कुञ्ज धाम निर्माणका लागि प्रदान गरेकाे छ ।

महायज्ञमा परोपकार कुञ्ज धाम निर्माणका लागि बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी अम्बरबहादुर खत्री/इन्द्रकुमारी खत्रीले ६६ हजार ५ सय ५५ रूपैयाँ, उपमहानगरपालिका-१५ रुपन्देही निवासी भिमबहादुर पौडेल क्षेत्रीले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१२ रुपन्देही निवासी गोबिन्दप्रसाद शर्मा पौडेलले ५१ हजार १ सय ११ रूपैयाँ, बुटवल -१५ रुपन्देही निवासी अम्बरबहादुर खत्रीले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१५, रुपन्देही निवासी श्री नन्दलाल बराल क्षेत्रीले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
तिलोत्तमा नगरपालिका-११ रुपन्देही निवासी क्याप्टेन होमकुमार के.सीले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी मकरध्वज मल्लले ५५ हजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका-२ रूपन्देहीस्तिथ राष्ट्रिय परोपकार महासंघ नेपालले ५५ हजार ५ सय ५५ रूपैयाँ, शुद्धाेधन गाउँपालिका-४ रुपन्देही निवासी रामेश्वरी सिंह/जीवनराज सिंह १५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे छ ।
-1739864830.jpg)
त्यस्तै सिद्धार्थनगर नगरपालिका-८ रूपन्देहीस्थित दीप ज्योति महिला सचेतना समूहले ५१ हजार रूपैयाँ, बुटवल उपमहानगरपालिका-१२ निवासी हरिप्रसाद पाेख्रेलले ३० हजार ५५ रूपैयाँ, बुटवल-३ रुपन्देही निवासी दिनेश खातीले २७ हजार २ सय ६५ रूपैयाँ, बुटवल-१५ रुपन्देहीस्थित श्री प्रगतिशिल आमा समूहले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१५ रुपन्देही निवासी भगवती शर्मा (मरासीनी)/तिलकराम शर्मा (मरासिनी)ले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१५ रुपन्देहीस्थित श्री भु.पु सैनिक कल्याणकारी संगठनले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल -१५, रुपन्देही निवासी कमला पौडेलले २१ हजार ५५ रूपैयाँ, मदाने नगरपलिका-५ गुल्मी निवासी घनश्याम भट्टराईले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-३, रुपन्देही निवासी दिनेश खातीले २७ हजार २ सय ६५ रूपैयाँ, बुटवल-१२ रुपन्देही निवासी लाल खरेलले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल निवासी लिलावती चापागाईले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी देवीप्रसाद शर्मा चपाईले २५ हजार ५ सय ७५ रूपैयाँ, पोखरा महानगरपालिका-१७ कास्की निवासी गिता लामिछाने २१ हजार १ सय ५ रूपैयाँ, बुटवल-१५ रुपन्देही निवासी भरत पौडेल/कृष्णप्रसाद पौडेलले २५ हजार ५ सय ५५ रूपैयाँ, सिद्धार्थ नगरपालिका-८ रुपन्देही निवासी भिमराज अधिकारीले २१ हजार १ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे ।

महायज्ञमा बुटवल-१५ रुपन्देहीस्थित भाटाप्रगति टोल विकास संस्थाले ३५ हजार रूपैयाँ, ओमसतिया गाउँपालिका-२ रुपन्देही निवासी सुर्यबहादुर थापाले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-७ रुपन्देही निवासी बाबुराम तिवारी/ शुशिला भण्डारीले २५ हजार ५ सय५५ रूपैयाँ, बुटवल -१५ रुपन्देही निवासी प्रेमप्रसाद पौडेलले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१५ रुपन्देही निवासी नारायणप्रसाद पौडेलले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-११ निवासी अनिल घिमिरेले २६ हाजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका-२ निवासी घनश्याम गिरीले १८ हजार, शुद्धोधन गाउँपालिका-३रुपन्देही निवासी यमुना गौडेलले १५ हजार ५ सय ५५ रूपैयाँ, मुक्तिधाम टोल विकास संस्थाले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१५ रुपन्देहीस्थित मुक्तिधाम आमा समूहले १५ हजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका-२ रुपन्देहीस्तिथ सचेतन आमा समूह परिवारले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-८ रुपन्देही निवासी अर्चना शर्मा भण्डारीले ११ हजार ६ सय ६६ रूपैयाँ दान गर्नुभएकाे हाे ।

बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी तुल्सा ज्ञवालीले १५ हजार ५ रूपैयाँ, बुटवल-१२ रुपन्देही निवासी खगनाथ लम्सालले१५, हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१५ रुपन्देही निवासी पवि छन्त्यालले १५ हजार ५ सय ५५ रूपैयाँ, ओमसतिया गाउँपालिका-०२, रुपन्देही निवासी बुद्धिबहादुर जि.टीले १५ हजार ५ सय ५५ रूपैयाँ, भाटा प्रगतिशिल नारी समूहले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल-१५ रुपन्देही निवासी पदमबहादुर भण्डारी मगरले १५ हजार ५ सय ५५ रूपैयाँ, शुद्धोधन गाउँपालिका-३ रुपन्देही निवासी कुलानन्द अधिकरीले ११ हजार १ सय ११ रूपैयाँ, काठमाडौँ महानगरपालिका-६ काठमाडौँ निवासी ऋषिराम शर्माले १० हजार १ सय रूपैयाँ पराेपकार कुञ्ज धाम निर्माणका लागि याेगदान गर्नुभएकाे हाे ।

महासंघले रूपन्देहीमा परोपकार कुञ्ज धाम निर्माणमा सबै पराेपकारी मनहरूलाई सहभागी गराउने उद्देश्यले फागुन ४ गतेदेखि सुरू गरेकाे श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ ११ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ बुटवल-१५, सेमलार भाटाप्रगती टोलमा सञ्चालन भइरहेकाे छ । बुटवल-१५ सेमलार भाटाप्रगती टोल स्थित दानव नदीको तटमा पर्ने स्थानको करिब ४ बिगाहा क्षेत्रफलमा परोपकार कुञ्ज धाम बन्ने भएको हो ।

निर्माणका लागि स्थानीय र सरकारसँग लामो समयको प्रयासपछि जग्गा प्राप्तिमा सहमति जुटेपछि धाम निर्माणको अभियान सुरू भएको हो । परोपकार कुञ्ज धामलाई अध्ययनको केन्द्र समेत बनाउँदै युवापुस्तालाई धार्मिक जागरणमा जोडेर संस्कार प्रदान गर्नकाे लागि पराेपकार कुञ्ज धामकाे स्थापनार्थ महायज्ञ आयाेजना गरिएकाे महासंघले जनाएकाे छ ।