दाङ - राप्ती लाइफ केयर हस्पिटल नर्सिङ एन्ड एचए कलेज द्वारा १८ औँ वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम शाखा कार्यालय दाङ तुलसीपुरमा बिहानको भोजन सेवा योगदान गरेको छ । कलेज द्वारा आश्रमका आश्रित ४९ जनालाई भोजन सेवा योगदान गर्नु भएको हो ।

त्यस्तै तुलसीपुर ६ का रिया केसी ले आफ्नो जन्मदिनको वसरमा सोही सेवाकेन्द्रमा फलफुल सेवा योगदान गर्नुभएको छ भने तुलसीपुर – ५ क लाइन निवासी मन्जु शर्माले आमा कालिका देवी उपाध्यायको पुण्यतिथीको स्मरणमा आश्रममा आश्रितहरुका लागि बिहानको खाजा सेवा योगदान गर्नु भएको छ ।


मानवसेवा आश्रम दाङ शाखा मिति २०७८ सालमा स्थापना भएको हो । यस शाखाले हालसम्म २१७ जना सडकमानवको उद्धार गरिसकेको छ भने ८३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।

आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।