सुर्खेत । मानवसेवा आश्रमले सुर्खेतमा आफ्नै मानवताको मन्दिर (भवन) बनाउने कार्यका लागि भवन निर्माण समिति, सल्लाहकार समिति र विकास समिति गठन गरेको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको अध्यक्षतामा बसेको फागुन १ गतेको बैठकले समितिहरू गठन गरेका हुन् ।
चक्रबहादुर रावतको अध्यक्षता (संयाेजक) मा भवन निर्माण समिति गठन भएको छ । समितिको उपाध्यक्षमा टोपबहादुर खड्का, सह संयोजकमा भक्तबहादुर बुढा, सचिवमा सुमन कार्की, सह संयोजकमा भक्तबहादुर बुढा, कोषाध्यक्षमा सुजन गौतम (जिल्ला संयोजक) सदस्यहरूमा मानबहादुर वि.सी, तारा आचार्य लगायत रहेका छन् । त्यस्तै विकास समितिमा संयोजक डा. नवराज केसी, सहसंयोजकमा सागर भुसाल, कोषाध्यक्षमा सन्जिता गौतम, सदस्यहरूमा टोपबहादुर खड्का,चक्रबहादुर रावत, अनिता ज्ञवाली, खगेन्द्र अधिकारी, युवराज ओझा, भक्तबहादुर बुढा, सुमन कार्की,लक्ष्मी शाही, कमला सत्याल, ज्ञानुकुमारी सुवेदी सहित २८ जनाको समिति गठन भएको छ ।

सल्लाहकार समिति संयोजकमा टिकाराम चपाई, वडा नं १ का अध्यक्ष दिनेश खत्री, ११ नं वडाका अध्यक्ष, खिमलाल देवकोटा १० नं वडाका अध्यक्ष दिलबहादुर रखाला, १२ नं वडाका अध्यक्ष चूडामणि चपाई, मोतीप्रसाद कँडेल र धनबहादुर रावत रहेका छन् ।
मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ महायज्ञ मंसिर २१ गते शुभारम्भ भई २८ गतेसम्म वीरेन्द्रनगर खुलामञ्चमा श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ–२०८१ आयाेजना गरेकाे थियाे ।महायज्ञबाट १० कराेड रूपैयाँ रकम जुटेकाे छ । आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिले १८ हेक्टरभन्दाबढी जग्गा प्रदान गरिएको छ । साेही ठाउँमा भवन निर्माण हुन लागेकाे हाे ।