दाङ । मानवसेवा आश्रम शाखा कार्यालय दाङ तुलसीपुर शाखामा सोम गुरुङले भोजन सेवा योगदान गर्नुभएको छ। तुलसीपुर ७ गाैरीशंकरका गुरुङले आफ्नो जन्मदिनको अवसरमा भोजन सेवा योगदान गर्नुभएको हाे । भोजन सेवा कार्यक्रममा उहाँका माता सपना के.सी र पिता बमबहादुर गुरुङ समेत उपस्थिति रहेको थियो ।
मानवसेवा आश्रम दाङ शाखा मिति २०७८ सालमा स्थापना भएको हो । यस शाखाले हालसम्म २१७ जना सडकमानवको उद्धार गरिसकेको छ भने ८३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल ५० जना सडक आश्रित मानवहरू यस शाखामा आश्रित छन् ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला रविदेशमा बेलायत, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।