धनगढी । मानवसेवा आश्रमकाे महायज्ञमा मंगलबार एकै दिन २ कराेड ८२ लाख १० हजार २ सय ६५ रूपैयाँ बराबरकाे दान संकलन भएकाे आश्रमले जनाएकाे छ । मानवसेवा आश्रमले धनगढी शाखाकाे भवन निर्माण लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञकाे छैटाैँ दिन पनि मनकारी दाताहरूकाे उत्साहजक सहभागिता रहेकाे थियाे ।
महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल एल.सी.आइ डिस्ट्रीक ३२५ एन एरिया ५ काे तर्फबाट हङ्गर रिलिफ प्राेग्राम अन्तर्गत किचन डाइनिङ प्राेजेक्टका लागि १,५०,००० डलर अर्थात नेपाली २ कराेड १० लाख १७ हजार ३ सय ६६ रूपैयाँ सहयाेग गर्ने प्रतिबद्धता प्राप्त भएकाे छ ।
महायज्ञमा सहभागी हुँदै क्लबको तर्फदेखि डिस्ट्रीक गभर्नर लायन सी.बी चन्दले साे रकम दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हाे । साथै गभर्नर चन्दले मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीकाे जति प्रशंसा गरे पनि कम हुने बताउनुभयाे । मानवसेवा के हाे भन्न रामजी अधिकारीकाे उदाहरण दिए हुन्छ भन्दै सरकारले गर्नुपर्ने काम संस्थाले गरेकाेमा स्वार्थरहित सेवाका लागि आश्रमलाई धन्यवाद समेत ज्ञापन गर्नुभयाे ।
डडेल्धुराकाे परशुराम नगरपालिकाले भवनकाे एक काेठा निर्माणकाे लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ सहयाेग गर्ने प्रतिवद्धता गरेकाे छ ।
त्यस्तै धनगढी उपमहानगरपालिका-२ सन्तोषीटोल, कैलाली निवासी ध्वज कुँवर, जनक कुँवर र विश्रादेवी कुँवरकाे सम्पूर्ण परिवारको तर्फबाट एक कोठा निर्माणार्थ ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान प्राप्त भएकाे छ । धनगढी उपमहानगरपालिका, कैलालीस्थित कर्मचारी मिलन केन्द्र परिवारले भवन निर्माण सहयोगार्थको लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ नगद दान सहित एक कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेकाे छ ।
त्यस्तै धनगढीकाे नवजीवन सहकारी संस्थाले भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ, कैलाली उद्याेग वाणिज्य संघकाे तर्फबाट एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ र कैलाली उद्याेग वाणिज्य संघ कार्य समिति परिवारद्वारा पनि एक काेठा निर्माणकाे लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता प्राप्त भएकाे छ । धनगढी निवासी कल्पना ढाँटले ५१ हजार १ सय ११ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएकाे छ भने १००८ स्वामी देवराज आचार्यले भवन निर्माणमा सहयाेग गर्न १ लाख ११ हजार १ सय ११ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएकाे हाे ।
धनगढीकाे नवजीवन सहकारी संस्थाकाे तर्फबाट भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ सहयाेग गर्ने प्रतिवद्धता अध्यक्ष देवबहादुर बमले गर्नुभएकाे हाे । चैतन्य पाठशाला/ एकेडेमी परिवारकाे तर्फबाट अम्बिका जाेशी र गणेश जाेशीले आश्रमकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेकाे छ । त्यस्तै चैतन्य पाठशालाले मानवसेवा आश्रमकाे सेवा सहजीकरणकाे लागि १ लाख ११ हजार १ सय ११ वार्षिक रूपमा उपलब्ध गराउने भएकाे छ ।
इन्द्रेणी फाउन्डेसनले आश्रमकाे भवन निर्माणका लागि १ लाख १ हजार १ सय ११ रूपैयाँ दान गरेकाे छ । धनगढी उपमहानगरपालिका-४ कैलाली निवासी डा. खगेन्द्रराज भट्टले समस्त पितृहरुको स्मृतिमा भवन निर्माण गर्न ५१ हजार १ सय ११ रूपैयाँ याेगदान गर्नुभएकाे हाे । धनगढी उपमहानगरपालिका-१, कैलाली निवासी गोविन्दबहादुर अधिकारी र सम्झाना भण्डारी अधिकारीले भवन निर्माण सहयोगार्थ ५१ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे हाे ।
धनगढी उपमहानगरपालिका-३, कैलाली निवासी जनककुमार के.सीले स्वर्गीय आमा गाजलीदेवी खत्रीको स्मृतिमा भवन निर्माणकाे लागि ५१ हजार १ सय दान गर्नुभएकाे छ । धनगढी उपमहानगरपालिका कैलालीस्थितफर्निचर फर्निसिंङ व्यवसायीद्वारा भवन निर्माण सहयोगार्थ ३१ हजार १ सय ११ रूपैयाँ याेगदान भएकाे छ ।
धनगढी शाखाकाे भवन निर्माणका लागि लायन प्रदिपकुमार वैद्य लायन्स क्लब अफ धनगढी टाउन ४६७९२ बाट ५१ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका, कैलाली निवासी लायन्स क्लब अफ धनगढी नैनादेवीले भवन निर्माण सेवाका लागि ५१ हजार रूपैयाँ, धनगढी उपमहानगरपालिका-०५, कैलाली निवासी जानकी पराजुली मिश्र, लायन्स क्लब अफ धनगढी स्वीकृतिले ५१ हजार ५ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि श्री आदर्श टोल विकास संस्थाले १३ हजार ३ सय ५५ रूपैयाँ, लायन्स क्लब अफ धनगढीले १० हजार ५ रूपैयाँ, यशोदादेवी ओझाले १५ हजार ५ सय ५ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि मालिका टोल विकस संस्थाले १५ हजार ५ सय ५५ रूपैयाँ, मणिराम जोशीज्यू र बिष्णादेवी जोशीले १५ हजार १ सय ५५ रूपैयाँ, प्रिति देवी सिंह /दिल बहादुर सिंहले १५ हजार १५ रूपैयाँ याेगदान गर्नुभएकाे छ ।
श्री धर्मदेव पाण्डेले ५ हजार ५ सय ५५ रूपैयाँ, बहादुर सिंह थलालले १५ हजार ५ सय ५५ रूपैयाँ, शेर बहादुर देउवाले ५ हजार ५ रूपैयाँ, लायन राकेशले १५ हजार ५ सय ५५ रूपैयाँ, लायन्स क्लब अफ धनगढी संजीवनीले २५ हजार १ सय प्रदान गरेकाे हाे । भवन निर्माण सहयोगार्थ मिना मल्ल सिंहले ६ हजार १ सय १५ रूपैयाँ, राधा कृष्ण भजन सेवा समिति द्वारा १५ हजार १ सय ५५ रूपैयाँ दान प्राप्त भएकाे छ । सावित्री शाहीले ५ हजार ५५ रूपैयाँ, लायन्स क्लब अफ धनगढी आस्थाले १५ हजार १ सय ५ रूपैयाँ, रत्ना बिष्टले १५ हजार ५ सय रूपैयाँ, भरत खड्का/अन्जु खड्काले १५ हजार १ सय ११ रूपैयाँ, नेत्रराज शर्माले ११ हजार १ सय ११ रूपैयाँ सहयाेग गर्नुभएकाे छ ।
महायज्ञमा महालक्ष्मी श्रेष्ठले ५ हजार ५५ रूपैयाँ, भक्त्तबहादुर बोहराले ११ हजार १ सय १५ रूपैयाँ, दुर्गाप्रसाद चौधरीले १५ हजार ५ सय ५५ रूपैयाँ, डिल्लीराम भट्टले १५ हजार ५ रूपैयाँ, हिमाली टोल विकास संस्थाले ६ हजार ७ सय रूपैयाँ, गुणाकर भट्टले १५ हजार २५ रूपैयाँ, भवन निर्माणका लागि जयराज जोशी र भागरथीदेवी जोशीले १५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे ।
त्यस्तै धनगढी उपमहानगरपालिका-२ कैलाली निवासी श्रीनवराज पनेरुले भवन निर्माण सेवाका लागि ३००० पिस इट्टा प्रदान गर्ने घाेषणा गर्नुभएकाे छ । धनगढी-४ बोराडाँडी निवासी बाल योगी युग दिप ओलीले सानै उमेरमा योग साधनाबाट युवाहरुमा योग जागरणमा पुऱ्याउनु भएको योगदानको उच्च सम्मान गर्दै मानवसेवा आश्रमले मंगलबार सम्मान गरेकाे हाे । धनगढी-०५ कैलालीस्थित भैरव महाकाली टोल विकास संस्थाले शोभा कलश यात्रामा पुऱ्याउनु भएको योगदानको उच्च सम्मान गर्दै प्रमाण पत्र सहित सम्मान गरिएकाे छ ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञकाे आयाेजना गरेकाे हाे । माघ २३ गतेदेखि पशुपति टोलमा सुरू भएकाे महायज्ञ भाेलिसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्य रक्षा महरा, साहित्यकार नवराज लम्साल, पत्रकार टिकाराम यात्री, कलाकार कृष्ण कँडेल, पत्रकार महासंघका अध्यक्ष श्रवण देउवा, कैलाली प्रमुख जिल्ला अधिकारी ई.गोगनबहादुर हमालसँगै जिल्ला समन्वय समितिका पदाधिकारीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।