धनगढी । मानवसेवा आश्रमले सदूरपश्चिम कैलालीकाे धनगढीमा आयाेजना गरेकाे श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ साेमबार ४६ लाख ३० हजार १ सय ५६ रूपैयाँ संकलन भएकाे आश्रमले जनाएकाे छ । महायज्ञमा संस्थागत तथा व्यक्तिगत रूपमा दान गर्ने मनकारी दाताहरूकाे उत्साहजनक सहभागिता रहेकाे थियाे । मानवसेवा आश्रमले कैलालीकाे धनगढी शाखाकाे भवन निर्माण गर्ने उद्देश्यले आयाेजना गरेकाे महायज्ञमा साेमबार सबैभन्दा बढी श्रद्धालु भक्तजनकाे उपस्थिति रहेकाे थियाे भने महायज्ञमा वरिष्ठ पत्रकार टीकाराम यात्रीकाे समेत उपस्थिति रहेकाे थियाे ।

त्यस्तै कञ्चनपुरकाे पुनर्वास नगरपालिकाले मानवसेवा आश्रम धनगढी शाखाकाे एक काेठा निर्माण गर्ने भएकाे छ । साेमबार महायज्ञमा सहभागी हुँदै नगर प्रमुख ताेय प्रसाद शर्माले नगरपालिकाले आगामी आर्थिक वर्षमा धनगढी शाखाकाे भवनकाे एक काेठा निर्माणकाे लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्ने घाेषणा गर्नुभएकाे हाे ।
महायज्ञमा धनगढी उपमहानगरपालिका-४, कैलाली कमलादेवी अवस्थी पुस्करराज अवस्थीले स्वर्गीय कालुराम अवस्थीकाे स्मृतिमा एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे छ । धनगढी-५, तारानगर कैलाली निवासी मिना काेइराला र धर्मराज कोइरालाले स्वर्गीय बुवा सर्पानन्द कोइरालाको स्मृतिमा ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ याेगदान गर्नुका साथै उहाँले आश्रमकाे सेवा सहजीकरणका लागि आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्दै १ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे छ । धनगढी उपमहानगरपालिका-४, कैलालीस्थित श्री निर्माण व्यवसायी संघ कैलालीले एक कोठा निर्माणर्थ ६ लाख ५१ हजार ५ सय ५ रूपैयाँ, धनगढी-३ निवासी रमा सिवाकाेटीले पितृहरूकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ दान गर्नुभएकाे हाे ।

धनगढी उपमहानगरपालिका-५, कैलाली निवासी विष्णु कार्की महतराले पितृहरुको स्मृतिमा भवन निर्माण सहयोगार्थको लागि १ लाख १२ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे छ ।
धनगढी उपमहानगरपालिका-३, कैलाली निवासी लक्ष्मण स्वाँरले भवन निर्माणका लागि ५१ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-४, कैलाली हर्कबहादुर सिंहले ५६ हजार ६ सय ६७ रूपैयाँ याेगदान गर्नुभएकाे हाे । धनगढी उपमहानगरपालिका-४, कैलालीस्थित सुदूरपश्चिम निर्माण व्यवसायी महासंघले ५१ हजार १ सय १५ रूपैयाँ दान गरेकाे छ ।
धनगढी उपमहनगरपालिका-२ कैलाली निवासी श्री ई.माेहित भट्टले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्दै १ लाख ११ हजार १ सय ११ रूपैयाँ याेगदान गर्नुभएकाे । धनगढी उपमहानगरपालिका-४ कैलाली ललित बाेहराले भवन निर्माण सहयोगार्थको लागि १ लाख ११ हजार १ सय ११ रूपैयाँ, खेम जोशीले २५ हजार ५ सय ५५ रूपैयाँ, जाई आभाष नगर टोल विकास समितिले २२ हजार १ सय १५ रूपैयाँ, सृजनशिल स्वास्थ्य आमा समूहले ११ हजार २० रूपैयाँ, चन्द्रादेवी पनेरुले १५ हजार ५ सय ५५ रूपैयाँ, महेश दाहालले ५ हजार १ सय ५५ रूपैयाँ, ठकुरी समाज भगवती टोलले ११ हजार १ सय ५ रूपैयाँ, चण्डेश्वरी सरसफाई आमा समूहले ६ हजार २ सय ७५ रूपैयाँ महायज्ञमा याेगदान गरेकाे हाे ।

धनगढी शाखाकाे भवन निर्माणको लागि खडक सिंह भण्डारी र इश्वरीकुमारी ऐर भण्डारीले १५ हजार ५ सय ५ रूपैयाँ, मालिकार्जुंन दार्चुला सेवा समितिले १५ हजार ५ सय ५५ रूपैयाँ, गंगा राना रावलले १५ हजार ५ रूपैयाँ, रामबहादुर शाहले २५ हजार ५ सय ५५ रूपैयाँ, भवन निर्माण सहयोगार्थको लागि श्री राम जानकी यज्ञ ज्येष्ठ नागरिक दिवा सेवाकेन्द्रद्वारा ११ हजार २५ रूपैयाँ याेगदान भएकाे छ ।
मोहन माया श्रेष्ठले ५ हजार २ सय ५ रूपैयाँ, महादेव जोशी / लक्ष्मी जोशी / मंयक जोशीले ५ हजार ५ रूपैयाँ, चन्द्रदेव बिष्ट र जानकीदेवी बिष्टले ५ हजार १ सय २५ रूपैयाँ, राधिका नाथ योगीले ५ हजार ५ सय ५५ रूपैयाँ, लालबहादुर साँउदले ५ हजार ५ सय ५५ रूपैयाँ, कर्णबहादुर ओली र सुमन पाल ओलीले ५ हजार ५ रूपैयाँ, कर्णबहादुर सिंह र नन्दादेवी सिंहले ५ हजार १ सय १५ रूपैयाँ, विरबहादुर गिरीले ५ हजार १ सय ५ रूपैयाँ, राकेश अग्रवालले ५ हजार १ सय रूपैयाँ, गगनबहादुर थामी र निर्मला थापाले ५ हजार ५५ रूपैयाँ, नेत्रबहादुर रावलले ५ हजार ५ रूपैयाँ याेगदान गर्नुभएकाे हाे ।

धनगढी नगर समिति परिवार, सुदूरपश्चिम प्रदेशस्थित श्री विश्व हिन्दू परिषद् नेपाल द्वारा भवन निर्माण सहयोगार्थको लागि ३० हजार ६ सय ४५ रूपैयाँ याेगदान भएकाे छ । धनगढी उपमहानगरपालिका-४, कैलालीस्थित ओम शान्ति ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा भवन निर्माण सहयोगार्थको लागि ३५ हजार २३ रूपैयाँ, नगढी उपमहानगरपालिका-०१, कैलालीस्थित भवानी टोल विकास संस्थाद्वारा भवन निर्माणका लागि १५ हजार ५५ रूपैयाँ दान प्राप्त भएकाे छ ।
भवन निर्माण सहयोगार्थको लागि नै अकबर चन्द, रिता चन्द र तुलसीदेवी चन्दले १५ हजार ५ सय रूपैयाँ, फुललफुला आमा समूहले ५ हजार ५ रूपैयाँ, भवानी टोल विकास संस्थाले १५ हजार ५५ रूपैयाँ, भानुचोक टोल महिला समूहले ५ हजार ५ सय ५५ रूपैयाँ, खिमादेवी जोशीले ५ हजार ५ सय ५ रूपैयाँ, पूजा फर्मास्यूटिकल प्रा.लिबाट ५ हजार १ सय ५५ रूपैयाँ, अर्जुन लामाले ५ हजार ५ रूपैयाँ, विमला देवल जौरूले ५ हजार ५ सय ५ रूपैयाँ, शान्ति कुमारी थापाले ५ हजार ५ रूपैयाँ, शुभकामना बोर्डिंङ स्कुलले ६ हजार ५ सय ५५ रूपैयाँ याेगदान गरेकाे छ ।

त्यस्तै भवन निर्माण सहयोगार्थको लागि धनगढी-५ खेमराज जाेशीले २५ हजार ५ सय ५५ रूपैयाँ, धनगढी-५ चेतन पन्तले २५ हजार ५ सय ५५ रूपैयाँ, रामबहादुर शाहले भवन निर्माण सेवाका लागि २५ हजार ५ सय ५५ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएकाे छ ।

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाकाे २०७५ साल मंसिर १ गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेकाे हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञकाे आयाेजना गरेकाे हाे ।माघ २३ गतेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा मंगलबार चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक तथा कलाकार कृष्ण कँडेल आउने भएका छन् । कँडेलले महायज्ञमा मंगलबार र बुधबार प्रस्तुति दिने मानवसेवा आश्रमले जनाएको छ ।