धनगढी । मानवसेवा आश्रमले धनगढीमा माघ २३ गतेदेखि सुरु गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञमा मंगलबार चर्चित कार्यक्रम इन्द्रेणीका सञ्चालक तथा कलाकार कृष्ण कँडेल आउने भएका छन् ।
महायज्ञमा उपस्थित रहेका श्रद्धालु भक्तजनहरूलाई हौसला र प्रेरणाका लागि लोकगीत संगीतका प्रवर्द्धक तथा कलाकार कँडेल धनगढीमा दुई दिन रहने कार्यक्रम रहेको छ । कँडेल महायज्ञमा हुने योग, विद्यार्थीहरूका लागि आयोजना गरिएको कार्यक्रम, तथा कथा वाचनमा सहभागी हुनेछन् । कँडेलले महायज्ञमा मंगलबार र बुधवार प्रस्तुति दिने मानवसेवा आश्रमले जनाएको छ ।
-1739176222.jpeg)
महायज्ञमा सोमबार पत्रकार टीकाराम यात्रीको उपस्थिति रहेको छ । यात्री बुधवार सम्म महायज्ञमा सहभागी हुने भएका छन् । माघ २३ गतेदेखि धनगढीको पशुपति टोल सुदूरपश्चिम महोत्सव हुनेस्थलमा सुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेको हो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि।सं। २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो । आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी ९बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर० सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।