धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा क्रियाशील ४ व्यक्तित्व सम्मानित भएका छन् । सुदूरपश्चिम प्रदेश कैलाली धनगढीमा सञ्चालन भइरहेको महायज्ञको अवसरमा मानवसेवा आश्रमले सुदूरपश्चिमका ४ जना लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रमा जोखिमपूर्ण साइकल यात्रा गरी आन्तरिक पर्यटन प्रवद्धर्नमा टेवा पुर्याएका गोदावरी नगरपालिका - ८ मजगाउँ निवासी भरतविक्रम शाह, १०८ पटक रक्तदान गरी मानव जीवन रक्षार्थ पुर्याएको योगदान कदर गर्दै धनगढी उपमहानगरपालिका ५ निवासी दीपक प्रसाद उपाध्यायलाई सम्मान गरेको हो ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको समग्र शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्टार तथा शिक्षाविद् धनगढी उपमहानगरपालिका - ५ निवासी प्रा।डा। हेमराज पन्त र धनगढी उपमहानगरपालिका ( ५ निवासी ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टलाई समेत सम्मान गरिएको छ । भट्टले सुदूरपश्चिम प्रदेशको शिक्षा क्षेत्रक र समग्र विकासमा पुर्याउन योगदानको लागि सम्मान प्रदान गरिएको आश्रमले जनाएको छ । सुदूरपश्चिम प्रदेशका मूर्धन्य व्यक्तित्वहरूलाई आश्रमले सम्मान गर्न पाउनु गर्वको कुरा रहेको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनु भयो ।

मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो । माघ २३ गतेदेखि धनगढीको पशुपति टोलमा सुरु भएको महायज्ञ ९सुदूरपश्चिम महोत्सव हुने० ३० गतेसम्म सञ्चालन हुनेछ भने मानवसेवा आश्रमले कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरेको हो ।

मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि।सं। २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
-1739166222.jpeg)
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी ९बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर० सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला र विदेशमा बेलायत, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।