पाेखरा । मानवसेवा आश्रम हेम्जा सेवाकेन्द्रले २ जना बेवारिसे पुरूषकाे उद्धार गरेकाे छ ।
काभ्रे घर बताउने २१ वर्षीय सुरज मानन्धरलाई पाेखरा-८ बगाले टाेलमा बेवारिसे अवस्थामा भेटेपछि नेपाल प्रहरीकाे रहाेवरमा उद्धार गरिएकाे हाे । मानसिक रूपमा कमजाेर उनकाे हेम्जा सेवाकेन्द्रकाे संरक्षणमा राखेर उपचार गरिने आश्रमले जनाएकाे छ ।
त्यस्तै ठेगाना समेत नखुलेका २१ वर्षीय दुर्गेश थापाकाे पनि पाेखराबाट उद्धार गरिएकाे हाे । मानसिक रूपमा कमजाेर दुवै जनाकाे परिवार सम्पर्कमा नआएसम्म हेम्जा सेवाकेन्द्रकाे संरक्षणमा राखिने जनाइएकाे छ । परिवार खाेजेर सहयाेग गरिदिन आश्रमले सम्पूर्णलाई आग्रह समेत गरेकाे छ ।

मानवसेवा आश्रमले १२ वर्षदेखि खुला आकाशमुनि सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवम् पारिवारिक पुनर्मिलन समेत गराउँदै आइरहेकाे छ ।
वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट आश्रमले औपचारिक रूपमा सेवा शुभारम्भ गरेकाे हो ।