धनगढी । मानवसेवा आश्रमले माघ २३ गतेदेखि धनगढीमा आयाेजना गरेकाे महायज्ञमा शुक्रबार २५ लाख ३० हजार रूपैयाँ बराबरकाे दान संकलन भएकाे छ । मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश स्तरीय भवन धनगढीमा निर्माण गर्ने उद्देश्यले आयाेजना गरेकाे महायज्ञमा मनकारी दाताहरूले दान गर्ने क्रम जारी रहेकाे छ । शुक्रबार महायज्ञमा व्यक्तिगत तथा संस्थागत रूपमा दान गर्ने दाताहरूकाे उल्लेखनीय सहभागिता रहेकाे आयाेजक समितिले जनाएकाे छ ।

कञ्चनपुरस्थित शुक्लाफाँटा नगरपालिकाले धनगढी शाखाकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्ने भएकाे छ । त्यस्तै नगरपालिकाले यसै आर्थिक वर्षभित्र आश्रमकाे सेवा सहजताकाे लागि १ लाख रूपैयाँ दिने घाेषणा गरेकाे छ । नगरपालिकाकाे तर्फबाट नगरप्रमुख रणबहादुर मल्ल र नगर उप-प्रमुख कल्पना जाेशी पन्तले ७ लाख ५१ हजार १ सय १५ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएकाे हाे ।
धनगढी उपमहानगरपालिका-४ निवासी समाजसेवी/व्यवसायी तथा महायज्ञ मूल आयाेजक समितिका संयाेजक मदन कुँवरका विदेशमा बस्ने छाेराछाेरीले स्वर्गीय हजुरबुवाकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे छ भने त्यस्तै धनगढी उपमहानगरपालिका-३ निवासी कल्पना थापाले पनि स्वर्गीय आमा ज्ञानु अधिकारीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे हाे ।

महायज्ञमा टीकापुर नगरपालिका- ६ कैलाली निवासी माेहनबहादुर शाहले आश्रमकाे अक्षयकाेष सहयोगार्थ १ लाख २५ हजार रूपैयाँ र भवन निर्माणका निम्ति ११ हजार १ सय ११ रूपैयाँ याेगदान गर्नुभएकाे छ । धनगढी उपमहानगरपालिका- १ निवासी सनराइज बाेर्डिङ स्कूलकाे संरक्षक प्रिजा सापकाेटाले भवन निर्माण सेवाका लागि महायज्ञमा १ लाख ११ हजार रूपैयाँ दान गर्नुभएकाे हाे । धनगढी निवासी गजेन्द्रवीर चन्दले ५१ हजार रूपैयाँ, वीरबहादुर जेठाराले १० हजार ५ सय ५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएकाे हाे । धनगढी उपमहानगरपालिका-१, कैलालीस्थित नेपाल टेलिकम दूरसञ्चार कर्मचारी परिवारद्वारा भवन निर्माण सहयोगार्थको लागि सुखबहादुर मल्लसहितकाे टीमले १६ हजार १ सय ४० रूपैयाँ दान गर्नुभएकाे हाे ।

त्यस्तै महायज्ञमा भवन निर्माण सेवाका लागि धनगढी निवासी सरस्वती धामी जाेशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-३ निवासी भीमदत्त पनेरूले ५ हजार १ सय १५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-५ निवासी उषा जाेशीले ५ हजार १ सय ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-२ निवासी टेकबहादुर रावतले ५ हजार ५ रूपैयाँ, धनगढी उपमहानगरपालिका-२ निवासी कुलबहादुर हमालले १५ हजार ५ सय ५५ रूपैयाँ, नवजीवन नर्सिङ कलेजले ५१ हजार १ सय ११ रूपैयाँ, श्यामलाल जाेशीले ५ हजार ५ सय ५ रूपैयाँ, ध्रुवराज जाेशीले ५ हजार १ सय रूपैयाँ, पुनित गुप्ताले ५ हजार १ सय १० रूपैयाँ, अर्जुनप्रसाद भट्टले ११ हजार १ रूपैयाँ दान गर्नुभएकाे हाे भने धनगढीस्थित देउडा संस्कृति संरक्षण प्रतिष्ठानले ८ हजार रूपैयाँ याेगदान गरेकाे छ ।
महायज्ञमा भाेलि वरिष्ठ पत्रकार राजेन्द्र बानियाँकाे समेत प्रस्तुति रहने आश्रमले जनाएकाे छ । माघ २३ गतेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) ३० गतेसम्म सञ्चालन हुनेछ ।