धनगढी । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको भवन निर्माण गर्ने उद्देश्यले हिजाेदेखि पशुपति टोलमा सुरू भएकाे श्रीमद भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञमा दान गर्नेहरूकाे उत्साहजनक सहभागिता रहेकाे छ ।

महायज्ञमा बिहीबार एकैदिन ६ जना मनकारी दातहरूले भवनकाे एक काेठा निर्माणकाे लागि दान गर्नुभएकाे हाे भने बुढीगंगा नगरपालिका बाजुराले मानवसेवा आश्रम धनगढी शाखाकाे भवनकाे एक काेठा निर्माण गर्ने प्रतिवद्धता जनाएकाे छ । धनगढी उपमहानगरपालिका-२ निवासी निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाशबहादुर सेठ्ठीले स्वर्गीय बुवा मदनसिंह सेठ्ठीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुभएकाे छ । त्यस्तै उहाँकाे श्रीमती रमा स्वाँर सेठ्ठीले स्वर्गीय बुवाआमा तप्तबहादुर स्वाँर र सूर्यदेवी स्वाँरकाे स्मृतिमा एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नुएकाे हाे ।

धनगढी उपमहानगरपालिका- २ निवासी माया मेट्राे अस्पताल प्रा.लि.का सञ्चालक धिरेन्द्र साउँदले स्वर्गीय हजरबुवा दानबहादुर साउँद र हजुरआमा मिनादेवी साउँद र स्वर्गीय ठूलीआमा चम्पादेवी साउँदकाे स्मृतिमा महायज्ञमा ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ दान गर्नु भएकाे छ । धनगढी उपमहानगरपालिका-४ निवासी पदम भण्डारीले स्वर्गीय बुवाआमा वीरबहादुर भण्डारी र लक्ष्मीदेवी भण्डारीकाे स्मृतिमा भवनकाे एक काेठा निर्माण सहयाेगार्थ ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ याेगदान गर्नुभयाे ।
त्यस्तै धनगढी उपमहानगरपालिका- ४ बसपार्क निवासी थिरबहादुर स्वाँर/शिल्पादेवी स्वाँरले भवनकाे एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ प्रदान गर्नुभएकाे छ । धनगढी उपमहानगरपालिका- ५ निवासी सिद्धराज भट्टले पनि भवन एक काेठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ महायज्ञमा दान गर्नुभएकाे हाे । 
त्यस्तै धनगढी उपमहानगरपालिका-३ निवासी साेम ढकाल/पद्मा ढकालले निर्माणका लागि ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे छ । त्यस्तै धनगढी उपमहानगरपालिका-४ निवासी चन्द्रादेवी पनेरूले स्वर्गीय पति जगतनाथ पनेरूकाे स्मृतिमा जेष्ठ नागरिक भत्ता रकमबाट ५१ हजार ५ सय ५५ रूपैयाँ याेगदान गर्नुभएकाे छ । धनगढी उपमहानगरपालिका- ११ निवासी कृतिका उपाध्यायले ५ हजार १ सय ५५ रूपैयाँ, उद्यमीशील आमा समूहद्वारा भवन निर्माण सेवाका लागि १५ हजार ५ सय ५५ रूपैयाँ याेगदान भएकाे छ ।
मानवसेवा आश्रमले सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी शाखाकाे २०७५ साल मंसिर १ गते धनगढी -५ तारानगरमा घर भाडामा लिई सेवा शुभारम्भ गरेकाे हो । शाखाले हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय,अभिभावकविहीन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ ।

धनगढी उपमहानगरपालिका- १५ उर्मीमा २ विगाह जग्गामा मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरीय भवनकाे निर्माण कार्य सुरु भइसकेको छ भने आश्रमले धनगढी शाखाकाे भवन निर्माण गरी सेवाको स्थायित्व प्रदान गर्नका लागि श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गरेकाे हाे ।
हिजाेदेखि सुरू भएकाे महायज्ञ पशुपति टोलमा (सुदूरपश्चिम महोत्सव हुने) माघ ३० गतेसम्म सञ्चालन हुनेछ ।