सर्लाही । मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रलाई टेलिभिजन याेगदान भएकाे छ ।
साेमबार मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका मानवहरूकाे मनाेरञ्जनकाे लागि सामुदायिक आधारशीला बचत तथा ऋण सहकारी संस्थाद्वारा टेलिभिजन याेगदान गरिएकाे हाे ।
कार्यक्रममा संस्थाका पदाधिकारी मोहनलाल श्रेष्ठ, उपाध्यक्ष पुरुषोत्त थापा, सचिव कृष्णाप्रसाद श्रेष्ठ, कोषाध्यक्ष दिनेश के.सी., सदस्य ददिराम पौडेल, चुडामणी वाग्ले, नवराज घिमिरे, लक्ष्मण खड्का, निर्मला पोटे, चन्द्रकला खड्का, नेत्रकुमारी खड्का लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।