सर्लाही । मानवसेवा आश्रम सर्लाही सेवाकेन्द्रमा कर्मचारी मिलन केन्द्र सर्लाहीद्वारा फ्रिज योगदान भएकाे छ । सर्लाही सेवाकेन्द्रमा रहनुभएका मानवहरूकाे सेवा सहजीकरणकाे लागि फ्रिज याेगदान गरिएकाे आश्रमले जनाएकाे छ ।
कार्यक्रममा सर्लाही जिल्ला प्रमुख तुलसीबहादुर श्रेष्ठ, भैरवी दलका सेनामी प्रमुख सूर्यबहादुर कार्की, सशस्त्र प्रहरी गणपति विनोद खनाल, सर्लाही जिल्ला यातायात सचिव प्रजार यादव, उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहनलाल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष राजन केसी, उपाध्यक्ष कृष्णप्रसाद, कोषाध्यक्ष नवराज धमला, सदस्य नारायणबहादुर कार्की, सन्तोषकुमार मगर, प्रमुख कृषि यन्त्र परीक्षण तथा अनुसन्धानका रामनाथ झा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।