काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरूले बुधबार ७ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरेका छन् । त्यस्तै २ जनाकाे सुखद् पारिवारिक पुनर्मिलन समेत भएकाे छ । बुधबार रानीवन सेवाकेन्द्रबाट १ जना, जनकपुरबाट १ जना, नेपालगञ्ज सेवाकेन्द्रबाट २ जना र हेम्जा सेवाकेन्द्रबाट ३ जना गरी ७ जनाको उद्धार गरिएको आश्रमले जनाएको छ ।
आश्रमको संरक्षणमा रहेका मानवहरूको सेवा सहजताको लागि विभिन्न दाताहरुबाट ३ लाख ३० हजार ८ सय २६ रुपैयाँ सेवा योगदान भएको छ । बुधबार विभिन्न सेवाकेन्द्रबाट १३ वटा भोजनसेवा र ७ वटा खाजासेवा सम्पन्न भएका छन्। त्यस्तै परोपकारी मनहरूबाट २ लाख ४९ हजार १ सय ७९ रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोगबापत योगदान भएको छ भने आश्रमका सेवाकेन्द्रहरुबाट २ लाख ५ हजार ९४ रुपैयाँ बराबरको सेवा सदुपयोग भएको हो ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।