कैलाली । धनगढीमा हुने मानवसेवा आश्रमकाे महायज्ञका लागि उद्याेग वाणिज्य संघ कैलालीकाे पूर्ण सहयाेग रहने महासचिव ओेम विष्टले बताउनु भएकाे छ । बुधबार संघकाे भवनमा व्यवसायीहरूलाई तनाव व्यवस्थापन प्रशिक्षणका क्रममा संघले आफ्नाे प्रतिवद्धता व्यक्त गर्नु भएकाे हाे ।

कार्यक्रममा संघ र वस्तुगत संघ लगायतमा आवद्ध व्यवसायीहरूलाई तनाव व्यवस्थापन प्रशिक्षण समेत दिइएकाे छ । मानवसेवा आश्रमका अध्यक्ष तथा जीवन र मन व्यवस्थापन तालिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक रामजी अधिकारीले प्रशिक्षण दिनु भएकाे हाे । प्रशिक्षणका क्रममा उहाँले जीवन जसरी व्यवस्थापन गरिरहेका हुन्छाैँ त्याे भन्दा बढी मन व्यवस्थापनमा ध्यान दिनसके तनाव व्यवस्थापन स्वतः निराकरण हुने बताउनु भयाे । साेही प्रकृतिकाे प्रशिक्षण सहित यही माघ २३ गते महाेत्सव हुने स्थल धनगढीमा सुरू हुने महायज्ञमा बिहान ५ बजेदेखि ७ बजेसम्म याेग शिविर हुने भएकाले त्यहाँ पनि तनाव व्यवस्थापन र निराेगी कसरी बन्ने भन्ने लाभ याेग शिविरबाट लिन सकिने अध्यक्ष अधिकारीले बताउनु भयाे । कार्यक्रममा कैलाली उद्याेग वाणिज्य संघका महासचिव ओेम विष्टले मानवता प्रवर्द्धनका र आश्रमकाे सत्कार्यका लागि संघकाे पूर्ण सहयाेग रहने बताउनु भयाे । अध्यक्ष अधिकारीलाई संघका अध्यक्ष पुष्पराज कुँवरले स्वागत गर्नु भएकाे थियाे भने अध्यक्ष अधिकारीले महायज्ञकाे कार्यक्रम याेजना फाइल र निमन्त्रणा पत्र हस्तान्तरण गर्नु भएकाे थियाे ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।

आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला रविदेशमा बेलायट, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।