काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरूले मंगलबार ३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार गरेका छन् । हेम्जा सेवाकेन्द्रले १ जनाको सुखद् पारिवारिक पुनर्मिलन समेत गराइएको छ । मंगलबार झापा सेवाकेन्द्रबाट १ जना, सुर्खेतबाट १ जना र हेम्जा सेवाकेन्द्रबाट १ जना गरी ३ जनाको उद्धार गरिएको आश्रमले जनाएको छ ।
आश्रमको संरक्षणमा रहेका मानवहरूको सेवा सहजताको लागि विभिन्न दाताहरुबाट ३ लाख ४४ हजार ५ सय ५३ रुपैयाँ सेवा योगदान भएको छ । मंगलबार विभिन्न सेवाकेन्द्रबाट २० वटा भोजनसेवा र ५ वटा खाजासेवा सम्पन्न भएका छन्। त्यस्तै परोपकारी मनहरूबाट १ लाख १ हजार १ सय ४० रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोगबापत योगदान भएको छ भने आश्रमका सेवाकेन्द्रहरुबाट ६ लाख ९० हजार ७ सय ६० रुपैयाँ बराबरको सेवा सदुपयोग भएको हो ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला रविदेशमा बेलायट, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।