रूपन्देही । तिलोत्तमा मणिग्राम महायज्ञमा आमा समूहहरूको उत्साहजनक उपस्थिति रहेकाे छ । आमा समूहहरूले महायज्ञमा सहभागी भएर आफ्नो गक्ष अनुसारको दान गरिरहेका छन् । आमा समूहका सदस्यहरूले आमा समूहकाे पहिचान झल्काउने पहिरनमा सजिएर महायज्ञलाई थप राैनकता दिइरहनु भएकाे छ ।

महायज्ञमा दुर्गा आमा समूहले ५ हजार ५ सय रूपैयाँ, नमुना आमा समूह, माझ गाउँ आमा समूहले दुवैले ५ हजार ५ सय ५ रूपैयाँ, पुष्षाञ्जली महिला समूहले १५ हजार ५ रूपैयाँ, दुर्गामाता आमा समूहले ५ हजार १ सय रूपैयाँ, नव दुर्गा साँस्कृतिक समूहले ६ हजार ५ सय २५ रूपैयाँ, नारी जागरण आमा समूहले ५ हजार ५१ रूपैयाँ, वरपिपल महिला समूहले १५ हजार ५ रूपैयाँ, मोक्षधाम आमा समूहले ११ हजार १ सय रूपैयाँ, रेसुङ्गा महिला समूहले ५ हजार १ सय ५ रूपैयाँ, कालिका दिदीबहिनी आमा समूहले १० हजार ५५ रूपैयाँ, कालिका आमा समूहले १० हजार, तिलोतमा प्रगतिशील आमा समूहले ५ हजार ५५ रूपैयाँ, रामनगर आमा समूहले ९ हजार ५ रूपैयाँ, सहयोगी आमा समूहले ७ हजार ७ सय ५० रूपैयाँ नमुना आमा समूहले ६ हजार १ सय ५ रूपैयाँ, रामजानकी नारी जागरण धार्मिक समूहले ५ हजार १ सय ६० रूपैयाँ, शिवशक्ति आमा समूहले १० हजार १ सय ३५ रूपैयाँ, मिलिजुली आमा समूहले ५ हजार १ सय रूपैयाँ, ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालय परिवारले २५ हजार ५ सत २५ रूपैया, दुर्गा वैदिक नारीजागरण १५ हजार ५ रूपैयाँ, गौतमबुद्ध दिदीबहिनी समूह ५ हजार १ सय ५ रूपैयाँ, बिन्दबासिनी आमा समूहले ७ हजार १५ रूपैयाँ, नमुना आमा समूह ५ हजार ५ रूपैयाँ, कालिका परोपकारी आमा समूहले १५ हजार १ सय रूपैयाँ, राधाकृष्ण आमा समूहले १५ हजार ५ सय ५ रूपैयाँ , कालीगण्डकी आमा समूहले ७ हजार २५ रूपैयाँ, ध्रुवतारा आमा समूहले ५ हजार ५ सय ५ रूपैयाँ, संघर्षशील आमा समूह, जागृति महिला समूहले १७ हजार ७५ रूपैयाँ, नमुना आमा समूहले १५ हजार १ सय ३५ रूपैयाँ, पवित्रा आमा समूह ६ हजार १ सय रूपैयाँ, न्यू प्रगतिशील आमा समूह ५ हजार १ सय ५, दर्शन कल्याण ठकुरी युवा समूहले १७ हजार ६ सय १० रूपैयाँ, दीपज्योति महिला चेतना समूहले १५ हजार ५ रूपैयाँ, कैलाश आमा समूहले ११ सय १ सय ५ सय रूपैयाँ, सक्षम सहारा बहुउद्देश्य महिला समूहले १५ हजार ५ रूपैयाँ, प्रभात पथ आमा समूहले ११ हजार ५ सय ५५ रूपैयाँ, ब्राह्मण समाज नेपालले १० हजार ५ रूपैयाँ, ज्ञान उदय आमा समूह १५ हजार १५ रूपैयाँ, नव प्रगतिशील आमा समूहले १९ हजार ८ सय ५० रूपैयाँ दान गरेका छन् ।

साथै मधुवन बहुउद्देशीय सहकारी संस्थाले १० हजार १ सय रूपैयाँ, मिलन टोल विकास संस्था २९ हजार १ सय १५ रूपैयाँ प्रतिष्ठित बचत तथा ऋण सहकारी संस्थाले १५ हजार ५५ रूपैयाँ योगदान गरेको छ । मानवसेवा आश्रमले मणिग्राममा माघ ७ गतेदेखि सुरू गरेको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।