रूपन्देही । मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू गरेकाे श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा छैटौँ दिन शनिबार १ करोडभन्दा बढी दान रकम संकलन भएकोछ । साेही क्रममा महायज्ञमा रुपन्देहीको तिलोत्तमा निवासी कृष्ण गैरे, सुभाष गैरे र हरिकला गैरेले ५ लाख ११ हजार १ सय ११ रूपैयाँ दान गर्नुभएको छ।

त्यस्तै महायज्ञमा सिद्धार्थनगर नगरपालिकाले २१ लाख दिने प्रतिवद्धता गरेकाे छ । तिलोत्तमा नगरपालिकाको तर्फबाट ५० लाख र ५ नम्बर वडा कार्यालयले १ लाख ५१ हजार दिने घाेषणा गरेकाे छ ।
तिलोत्तमा-५ निवासी तोपनारायण भण्डारीले भवनको निर्माणको लागि ५ लाख ५१ हजार १ सय १५ रूपैयाँ, तिलोत्तमा-१५ निवासी तिलप्रसाद भट्टराई र गिरिसर भट्टराईले पनि एक कोठा निर्माणको लागि प्रतिवद्धता गर्नुभएको छ । तानसेन नगरपालिका-१० पाल्पा निवासी गोपाल पौडेल र विष्णु पौडेलले ५१ हजार ११ रूपैयाँ दिने प्रतिवद्धता गर्नुभएको हो । तिलोत्तमा-१ मोक्षधाम सेवा आश्रम संचालक तथा लेखा समितिले १ लाख १ हजार ५ पाँच रूपैयाँ प्रदान गरेकोछ ।

तिलोत्तमा-५ निवासी क्याप्टेन खेमनारायण काफ्ले र मुक्ता काफ्लेले ५१ हजार १ सय रूपैयाँ, दिवस भण्डारीले ११ हजार, तिलोत्तमा-१ निवासी जमुनादेवी अर्याल एवं समस्त परिवारद्वारा ७५ हजार रूपैयाँ दान गर्नुभएकोछ ।
त्यस्तै महायज्ञमा रूपन्देहीका विभिन्न ठाउँहरूबाट आमा समूहहरूको बाक्लो उपस्थिति रहेको थियो । महायज्ञस्थलमा भक्तजनहरूको बाग्लो उपस्थितिका बीच स्थानीय तहका जनप्रतिनिधि लगायत २ सय ५० भन्दा बढी व्यक्ति तथा संघ संस्थाहरूले आफ्नो गक्ष्य अनुसार दान गरेका छन् ।

धनिश्वर गौतमले ५ हजार, ५ सय ५५ रूपैयाँ, नव दुर्गा साँस्कृतिक समूहले ६ हजार ५ सय २५ रूपैयाँ, शशिधर भण्डारीले ५ हजार १ सय ५५ रूपैयाँ, शालिकराम ढकालले ५ हजार ५ सय रूपैयाँले, नारी जागरण आमा समूहले ५ हजार ५१ रूपैयाँ, रामप्रसाद ढकालले ११ हजार १ सय ११ रूपैयाँ, सुन्दर भुसालले ११ हजार रूपैयाँ, कोशप्रसाद भट्टराईले ११ हजार १ सय ११ रूपैयाँ, वरपिपल महिला समूहले १५ हजार ५ रूपैयाँ, प्रथा पौडेलले १० हजार १ सय, भिमबहादुर भट्टराइले २५ हजार ५ सय ५५ रूपैयाँ, शिवकुमार श्रेष्ठले ५ हजार ५ सय ५५ रूपैयाँ, मधुवन बहुउद्देशीय सहकारी संस्थाले १० हजार १ सय, छविलाल भण्डारीले १५ हजार १५ रूपैयाँ, दुर्गा आमा समूहले ५ हजार ५ सय रूपैयाँ, नमुना आमा समूह र माझ गाउँ आमा समूहले ५ हजार ५ सय ५ रूपैयाँ, पुष्षाञ्जली महिला समूहले १५ हजार ५ रूपैयाँ, दुर्गामाता आमा समूहले ५ हजार १ सय रूपैयाँ महायज्ञमा दान गरेका छन् ।

त्यस्तै रूपन्देही जिल्लासहित छिमेकी जिल्लाहरुका स्थानीय पालिकाहरुले सहयोगको लागि प्रतिबद्धता गर्ने क्रम जारी रहेको छ । तिलोत्तमा–५ मणिग्राममा सुरू भएको महायज्ञ माघ १४ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञबाट ३ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

महायज्ञ चर्चित कथा वाचक भागवत् भाष्कर कमलनयन गौतमले निःशुल्क रूपमा कथा वाचन गरिरहनुभएको छ । साथै वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले महायज्ञमा आफ्नो प्रस्तुति राख्नुभएको थियो र भोलि पनि उहाँको प्रस्तुति रहनेछ ।