काठमाडौँ । मानवसेवा आश्रमले धनगढीमा माघ २३ देखि ३० गतेसम्म श्रीमद् भागवत महायज्ञको आयोजना गर्ने भएकाे छ । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी कैलाली शाखाको भवन निर्माणका लागि भावनात्मक एवम् आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद् भागवत् ज्ञानविज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो ।
मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश कैलाली धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी यहि २०८१ माघ २३ गतेदेखि ३० गतेसम्म श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको हाे । २०७५ साल मंसिर १ गते सुदूरपश्चिम प्रदेश, कैलाली, धनगढी – ५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रमको शाखा शुभारम्भ भई हालसम्म ३ सय ८८ जना भन्दा बढी बेसहारा, असहाय, अभिभावकविहिन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकमानवहरुको सुदूरपश्चिम प्रदेश भित्रका विभिन्न जिल्लाहरुबाट समेत उद्धार गरी सेवा प्रदान गरिसकेको छ । सेवाको स्थायित्वको लागि मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश धनगढी शाखाको आफनै भवन निर्माण गर्ने लक्ष्य राखी श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१ को आयोजना गर्न लागिएको हो । यस पुण्य कार्यमा सुदूरपश्चिम प्रदेशका सबै मानवताप्रेमी मनहरूलाई महायज्ञमा सरिक हुन मानवसेवा आश्रमले अनुराेध गरेकाे छ ।

मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।

आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको २० जिल्लामा २६ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्ला रविदेशमा बेलायट, कतार, अष्ट्रेलियामा सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।