कविता
- सुगम मानवसेवा
सडक किनार, नाङ्गो छायाँ,
जीवनको सपना भंग परेको छ मायाँ।
हिउँदको जाडो, वर्षाको पानी,
सडकमा बाँच्नेको सपना किन खाली?
आकाश छ छाना, धर्तिमा सुताइ,
भोकले जलेको पेटको कथाई।
हाम्रो शहरमा उनीहरूको स्थान कहाँ?
सहयोगको हातले खोल्ने ढोका कहाँ?
सपना हो सबैको, बाँचेको देख्न,
पेटभरि खाना, एकछिन हाँस्न।
सडकका साथीहरू, के खोज्छन् त?
माया, सम्मान, र न्यानो सरोकार।
आउनुहोस्, म थोरै दिनेछु आफ्नो समय,
तपाईं पनि बढाउनुहोस् सहयोगको आयाम।
सडकका यी मनहरू मुस्कान खोज्दैछन्,
सेवा र प्रेमले संसार बदल्दैछन्।
यी मानवीय आवाजमा जोड दिने हाम्रो धर्म हो,
सडकका लागि आशाको किरण हामी नै त हौं!