तुलसीपुर,१८ माघ। मानव सेवा आश्रमको भवन तुलसीपुर ४ बनरीमा निर्माणार्थ तुलसीपुरको अरणीको मैदानमा सञ्चालन गरिएको महायज्ञमा ३ करोड आर्थिक सहयोग संकलन भएको छ । महायज्ञ आर्थिक उपसमितिका अनुसार बिहीबार सम्म २ करोड ९८ लाख ६० हजार ८७ रुपैया आर्थिक संकलन भएको छ ।
बिहीबार मात्र ५० लाख ७१ हजार ३ सय ८४ रुपैया संकलन भएको हो । ४४ लाख ४४ हजार १ सय ६९ रुपैया नगद र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ बाट आश्रमको एउटा कोठा निर्माणार्थ लाग्ने खर्च बराबरको ५ लाख ११ हजार १ सय १५ रुपैया प्रतिबद्धता वडा अध्यक्ष रामबहादुर जिसीले गरेका छन।
महायज्ञ मुल आयोजक समितिका संयोजक एवम उद्योगपति डिल्लीबहादुर बस्नेतले एक कोठा निर्माणार्थ अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया, महायज्ञ मुल आयोजक समितिका सल्लाहकार एवम ब्यबसायी उत्तमकुमार श्रेष्ठले एक कोठा निर्माणार्थ अर्थात ५ लाख ५ हजार ५ सय ५५ रुपैया नगद र आगामी आर्थिक बर्ष देखि प्रत्येक बर्ष बार्षिक ६०हजार रुपैया मानव सेवा आश्रमलाई प्रदान गर्ने घोषणा गरेका छन्।
महायज्ञका सल्लाहकार एबम ब्यबसायि बलदेव शर्माबाट २ लाख ५५ हजार ५ सय ५५ रुपैया, सल्लाहकार एवम उद्योगपति चिरिञ्जीबि रिजालबाट १ लाख २९ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका छन् । यसअघि नै ब्यक्तिगत रुपमा तुलसीपुर उपहानगरपालिका वडा नम्वर ६ निबासी हरिबहादुर खड्का,गोमा खडका र छोरा प्रशान्त खडकाले आश्रमको एउटा कोठा निर्माण गर्ने गरी ५ लाख ५ हजार ५ सय ५५ रुपैया प्रदान गरेका छन ।
भवन निर्माणार्थ संस्थागत प्रतिबद्धता
लायन्स क्लव अफ ईन्टरनेशनलले १ करोड २३ लाख,तुलसीपुर उपमहानगरपालिकाको कार्यालयबाट २५ लाख ५५ हजार ५ सय ५५ रुपैया, प्रदेश सभासदस्य रेखा शर्माबाट ५ लाख ११ हजार १ सय ११,दंङगीशरण गाँउपालिकाबाट ५ लाख ११ हजार १ सय ११,शान्तिनगरगाँउपालिका बाट ५ लाख ११ हजार १ सय ११, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ बाट ५ लाख ११ हजार १ सय १५, र वडा नम्वर ७ बाट एउटा कोठा निर्माणा हुने गरि ५ लाख ११ हजार १ सय १५ रुपैपा प्रतिबद्धता रहेको छ ।
ब्यक्तिगत सहयोग
तुलसीपुर ७ क यागेश्वर रजौरे १ लाख ५५ हजार ५ सय ५५,तुलसीपुर ६ गाईडरका पवन वलीले १ लाख ११ हजार १ सय ११,तुलसीपुर ७ का ईन्द्रमणी पौड्ेलबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ६ की शिला लामिछानेबाट १ लाख २५ हजार ५ सय ५५ रुपैया नगद प्राप्त भएको छ ।
गत माघ १३ गतेदेखि २० गते सम्म सञ्चालन हुने महायज्ञको छैठौ दिन बिहीबार सम्म हिमाल एकाडेमि स्कुल तुलसीपुरबाट एक लाख २५ हजार ४ सय ५५, एक लाख २५ हजार १ सय रुपैया तुलसीपुर उपमहानगरपालिका ५ सुर्खेत रोडका लालबहादुर गुरुङ, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का मिनराज वलीबाट एकलाख १६ हजार ५ सय ५५ रुपैया, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की खुटि सापकोटाबाट १ लाख १५ हजार ५ सय ५१,तुलसीपुर ५ का रक्षाराम गुप्ताबाट एक लाख ११ हजार ५ सय ११,तुलसीपुर ५ नामीनगरका भिमबहादुर केसीबाट १ लाख ११ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग प्राप्त भएको छ ।
त्यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ की कविता रानाबाट एकलाख ११ हजार १ सय ११,तुलसीपुर ५ का नरेशकुमार राजभण्डारीबाट एक लाख ११ हजार १ सय ११ रुपैया, तुलसीपुर २ का भगवती शर्माबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का भरतकुमार श्रेष्ठबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ४ का पदमबहादुर खत्रीबाट १ लाख ११ हजार १ सय ११,तुलसीपुर ५ का मोहनमान श्रेष्ठ बाट १ लाख ११ हजार १ सय ११, तुलसीपुर ७ का यादवकुमार महर्जनबाट १ लाख ११ हजार,तुलसीपुर ६ का सुरेश हमालबाट १ लाख ५ हजार ५ सय ५५,तुलसीपुर ५ का गेहन्द्रकुमार गिरीबाट १ लाख १ हजार १ सय ११, तुलसीपुर ९ का टिकाराम रेग्मीबाट १ लाख १ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ का बिरेन्द्र महराबाट १ लाख २ हजार १ सय ५५ रुपैया, तुलसीपुर १३का शान्ता शाहबाट १ लाख १ हजार १ सय नगद प्राप्त भएको छ ।
त्यस्तै नगद दान गर्नेमा तुलसीपुर ६ का तरकारी तथा फलफुल कृषि बजारबाट ७५ हजार १ सय ५,तुलसीपुर १ भमकेका न्युरे परिवारबाट ७५ हजार १ सय ७५ रुपैया,तुलसीपुर ४ का अरुणकुमार आचार्यबाट ७१ हजार १० रुपैया,तुलसीपुर ६ का एकराज आचार्यबाट ५६ हजार ६ सय ५६ रुपैया,तुलसीपुर ४ रक्षाचौरका धु्रव गौतमबाट ५५ हजार ५ सय ५५ रुपैया, तुलसीपुर ११ का बुद्धिलाल भण्डारीबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ११ का टेकबहादुर डाँगीबाट ५५ हजार ५ सय ५५ रुपैया प्राप्त भएको छ ।
तुलसीपुर ७ का अन्जु गौतमबाट ५६ हजार ६ सय ५६ रुपैया, तुलसीपुर ११ बस्ने धनबहादुर केसीबाट ५५ हजार ५ सय ५५,तुलसीपुर ५ का डिल्लीराज शर्मा धितालबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ३ का केशवराज खरेलबाट ५५ ५ रुपैया, तुलसीपुर ५ का गुरु प्रसाद सुबेदीबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ४ का डम्वरबहादुर रोकाबाट ५५ हजार ५ सय ५५ , तुलसीपुर ६ का नारायणप्रसाद रजौरेबाट ५५ हजार १ सय ५५ रुपैया,त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिबाट ५५ हजार ५ सय ५५ रुपैया,गे्रट अरणीको माबि तुलसीपुरबाट ५५ हजार ५ सय ५५ रुपैया,तुलसीपुर ६ बरुवागाँउका दलबहादुर वलीबाट ५५ हजार १ सय ५१,तुलसीपुर ४ का शरद कुमार आचार्यबाट ५५ हजार ५ रुपैया, तुलसीपुर ९ का लक्ष्मी चालिसेबाट ५५ हजार ५५ रुपैया, तुलसीपुर ८ का मोहनलाल दाहालबाट ५१ हजार १ सय ८४,तुलसी हस्पीटलबाट ५५ हजार १ सय ५ रुपैया,जय श्री हनुमान उद्योग तुलसीपुर ९ बिजौरी बाट ५१ हजार १ सय ११ रुपैया,जयश्री हनुमान ईट्टा उद्योग ५१ सय ११ रुपैया,तुलसीपुर ५ का खेमकान्त पाण्डेबाट ५१ हजार १ सय ५,मावि तुलसीपुर सेन्टर ५१ हजार ५ रुपैया,तुलसीपुर ६ का नीता राणाबाट २५ हजार ५ र तुलसीपुर ६ का भागवत पौड्ेलबाट २५ हजार १ सय २५ रुपैया मानव सेवा आश्रमको भवन निमार्णार्थ नगद रुपैया सहयोग प्राप्त भएको छ ।
महायज्ञ स्थलमा रक्तदान
महायज्ञ स्थलमा रक्तदान समेत गरिएको छ । पतन्जली योग निवारण साधान केन्द्र तुलसीपुरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दाङको प्राबिधिक सहयोगमा बिहीबार अरणीको मैदानमा ४४ जनाले रक्तदान गरेका हुन । जसमा महिला २७ र पुरुष १७ जना रहेका छन् ।
महायज्ञमा रमिए
माघ १३ गतेदेखि २० गते सम्म तुलसीपुर स्थीत अरणीको मैदानमा शुरु गरिएको मावन सेवा आश्रम निर्माणार्थ सञ्चालन गरीएको महायज्ञमा भक्तजनहरुको उत्साहजनक सहभागिता छ ।
भक्तजन÷दर्शनार्थीहरु पण्डालमा मनोरञ्जन गरि रहेका छन् । बिहीबार पण्डाल भरिभराउ छ । अधिकासं महिलाहरुको सहभागिता रहेको छ । प्रत्येक दिन बिहान योग,साकारात्मक सोच सम्बन्धि कक्षा सञ्चालन हुने गरेका छन् । त्यसपछि बिहान ११ बजेदेखि अपरान्ह् ४ बजे सम्म कथा वाचन र बेलुकी आरतीका साथ भजनकृत्तन हुने गरेका छन् ।