रूपन्देही । मानवसेवा आश्रमको लुम्बिनी प्रदेश रुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि सुरू भएको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा दान गर्ने दाताहरूको भीड लागेको छ। महायज्ञको चौथो दिन आज बिहीबार मौसम प्रतिकूल रहे पनि दाताहरूको सहभागीतामा भने कमी आएको छैन ।

महायज्ञमा लायन्स क्लब अफ इन्टरनेसनल ३२५पि नेपालकाे तर्फबाट हङ्गर रिलिफ प्राेग्राम अन्तर्गत किचन डाइनिङ प्राेजेक्टका लागि १ लाख ५० हजार डलर अर्थात नेपाली रूपैयाँ २ कराेड ७ लाख रकम सहयोग दिने प्रतिबद्धता गरेकाे छ। क्लबको तर्फबाट डिस्टिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, फर्स्ट भाइस डिस्टिक गभर्नर बालाराम भट्टराई, सेकेन्ड भाइस डिस्टिक गभर्नर सन्दीप कशौधनले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

त्यस्तै बुटवल उपमहानगरपालिका-८ निवासी साेमबहादुर आलेद्वारा महायज्ञमा ५ लाख ११ हजार १ सय ११ रूपैयाँ आश्रमकाे एक काेठा निर्माणका लागि दान गर्नुभएको थियो। तिलोत्तमा नगरपालिका-५ रूपन्देही निवासी हरिप्रसाद कँडेल र यशोदा कँडेलले १ लाख १ हजार १ सय ५ रूपैयाँ दान गर्नुभएको थियो ।
महायज्ञमा चिन्तामणि पाण्डेले ६४ हजार १ सय १ रूपैयाँ, माँ कामाख्यादेवी धाम फाउन्डेसनद्वारा १५ हजार ५ रूपैयाँ, गंगा अर्यालद्वारा १० हजार रूपैयाँ, भीमकला भण्डारीद्वारा २ हजार ५ सय ५० रूपैयाँ, तुल्सा पाण्डेले १५ हजार १ सय ५ रूपैयाँ, रेनुका श्रीस ५ हजार २५ रूपैयाँ, छलिदेवी भण्डारी ५ हजार ५१ रूपैयाँ, नारायणी गौतम भुसालले ५ हजार १ सय ५ रूपैयाँ, वसन्ती पोखरेलले ५ हजार ५ रूपैयाँ, गिरिनाथ शर्मा र कोपिलादेवी पाण्डे केसीले २ हजार ५ सय ५ रूपैयाँ, पण्डित प्रेमचन्द्र न्यौपाने र क्षमादेवी एवम् सपरिवारको तर्फबाट ११ हजार रूपैयाँ योगदान भएको थियो । रिता पाठक र यमकला न्यौपानेले ५ हजार १ सय ५ रूपैयाँ, रेनु भट्टराइ (डुम्रे) र प्रेम डुम्रेले ५ हजार १ ५१ रूपैयाँ, दयाराम पाठक २५ हजार १ सय रूपैयाँ, कुसुमदेवी प्रधानले ३ हजार २५ रूपैयाँ, प्रेम कला पाठकले १६ हजार ५० रूपैयाँ, क्यापटेन खेम नारायण काफ्ले र मुक्ता काफ्लेले ६ हजार ५ सय रूपैयाँ भवन स्तरोन्नतिको लागि दान गर्नुभएको थियो।

त्यस्तै रूपन्देही क्षेत्रमा रहेका आमा समूहहरूकाे महायज्ञमा उल्लेखनीय सहभागिता रहेको थियो । आमा समूहरुले पनि दान गर्नुभएको थियो । मगर एकता आमा समूहले १५ हजार ७ सय ३० रूपैयाँ, सिद्धार्थ आमा समूहले ७ हजार ३५ रूपैयाँ, पशुपति आमा समूहले ५ हजार २५ रूपैयाँ, गौतम आमा समूहले ११ हजार, १११ रूपैयाँ, तिलोत्तमा नारी जागरण समूह (शान्ति दुर्गा मन्दिर) ५ हजार १ सय ५ रूपैयाँ, सिद्धबाबा धाम भजन किर्तन उपसमितिले १५ हजार ६ सय ५५ रूपैयाँ महायज्ञमा दान गर्नुभएको थियो।

त्यस्तै कृष्णप्रसाद भण्डारी र यमकला भण्डारीले ५ हजार १ सय रूपैयाँ, सुनिता अर्यालले ३ हजार १ सय रूपैयाँ, लक्ष्मी /रामचन्द्र खरेलले ५ हजार १ सय ५१ रूपैयाँ, लुम्बिनी कृषि उपज थाेक प्रा.लिले १५ हजार ५ रूपैयाँ र बेदप्रसाद/ अम्बिका अर्यालले ५ हजार, ५ सय ५१ रूपैयाँ दान गर्नुभएको थियो।
त्यस्तै महायज्ञमा तिलाेत्तमा-१ निवासी आत्मराम/हरिकला पाण्डेले १ लाख ११ हजार १ सय ११ रूपैयाँ, तिलाेत्तमा-५ निवासी द्वय नारायणप्रसाद रेग्मी र नारायण/ कमला कँडेलले १ लाख ११ हजार १ सय ११ रूपैयाँ याेगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

मानवसेवा आश्रमले लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा शाखाको स्तरोन्नति र अक्षयकोष श्रीवृद्धिका लागि र आश्रमलाई तन, मन, धनले सहयोग पुर्याउनु हुने दाताहरूलाई कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले समेत महायज्ञको आयोजना गरिएको बताइएको छ। रुपन्देही जिल्ला तिलोत्तमा–५ मणिग्राम सिद्धार्थ राजमार्गसँगै प्रदर्शनी स्थलमा माघ ७ गतेदेखि सुरू भएको महायज्ञ १४ गतेसम्म सञ्चालन हुनेछ ।