वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रलाई खाद्यान्न सामाग्री सहयोग भएको छ ।
सोमबार २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा श्री सशस्त्र प्रहरी बल नेपाल न. १३ गण पर्साद्वारा मानवसेवा आश्रम वीरगञ्ज सेवाकेन्द्रको संरक्षणमा रहनुभएका मानवहरूको लागि आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरू प्रदान गरिएको हो ।

गणले गरेकाे सहयाेगबाट सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरिएका सहयोगापेक्षी मानिसहरूको सेवामा थप सहजता मिलेको वीरगञ्ज सेवाकेन्द्रका संस्थापक अभियान्ता देवेश गुप्ताले बताउनुभयो ।

त्यस्तै माछापुच्छ्रे गाउँपालिका वडा नं. ०४, लाहाचोक निवासी देउमाया श्रेष्ठले श्रीमान भोजबहादुर श्रेष्ठकाे स्मृतिमा मानवसेवा आश्रम शाखा कार्यालय, कास्की पोखरा हेम्जा सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका १५० जनाका लागि खाद्यान्न सामाग्री सहयाेग गर्नुभएकाे हाे ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।