पाेखरा । मानवसेवा आश्रम कास्की पाेखराकाे छोरेपाटन सेवाकेन्द्रलाई माघे संक्रान्तिकाे अवसरमा खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।
मंगलबार पोखरा महामनगरपालिका वडा-१६, निवासी अनुष्का गुरुङकाे परिवारकोले गंगामाया गुरुङ पुण्यतिथिकाे सम्झनामा छोरेपाटन सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका मानवहरूकाे सेवा सहजताकाे लागि आवश्यक पर्ने खाद्यान्न सामाग्री याेगदान गर्नुभएकाे हाे ।
त्यस्तै पोखरा महानगरपालिका-८ नाङ्गढुङ्गा निवासी प्रकाश श्रेष्ठले संक्रान्तिकाे अवसरमा मानवसेवा आश्रम कास्की छोरेपाटन सेवाकेन्द्रमा खाद्यान्न सामाग्री याेगदान गर्नुभएकाे हाे ।

मानवसेवा आश्रम कास्कीकाे हेम्जा सेवाकेन्द्रमा दिउँसोको खाजासेवा याेगदान भएकाे छ ।
मंगलबार माछापुच्छ्रे गाउँपालिका-६, व्यासीटोल निवासी कृष्ण पौडेल परिवारकोतर्फ बाट आमा बाटुली पौडेल र बुवा गजाधर पौडेल पुण्यतिथिकाे सम्झनामा मानवसेवा आश्रम हेम्जा सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका १५० जना मानवहरूकाे लागि दिउँसोको खाजाकाे लागि तरुल-४० के.जी,भेली-२ के.जी, चिउरा-१५ के.जी, चिनी-३ के.जी, चियापती-५०० ग्राम याेगदान भएकाे हाे ।

खाजासेवामा कृष्ण पौडेल, तुलसी पौडेल, विधान पौडेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।