दाङ । मानवसेवा आश्रम शाखा कार्यालय दाङ तुलसीपुर शाखामा भोजन सेवा योगदान भएको छ । शान्ति खत्री र रूपा खत्रीले आफ्नो बुवा प्रेमबहादुर कँडेल र आमा बलरुपा कँडेलको स्मृतिमो भोजन सेवा योगदान गर्नुभएको हो । कार्यक्रममा छोरी रम्बाकुमारी भण्डारी नातिनी क्षेत्र भण्डारी नातिनी ज्वाई रिता केसी नातीहरू कमला केसी रेनु केसी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै घोराही ८ ढकलपुरका निमा महतरा बुढाले आफ्नो बुवा जगतबहादुर महतराको स्मृतिमा मानव सेवा आश्रम दाङ शाखा कार्यालय तुलसीपुरमा दिवा खाजा योगदान गर्नुभएको छ ।
यस सेवाकेन्द्रले हालसम्म २१७ जना सडकमावनको उद्दार गरेको छ । त्यस्तै ८३ जना आश्रितको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल यस सेवाकेन्द्रमा २६ पुरुष, १६ जना महिला र ७ जना बालबालिका आश्रित छन् । आश्रमको मूख्यालय हेटौडामा रहेको छ । मानवसेवा आश्रमले २० जिल्लामा २६ सेवाकेन्द्र स्थापना गरी सेवा दिइरहेको छ भने मुलुकबाहिर पनि बेलायत, कतार र अष्ट्रेलियामा सेवा विस्तार गरी सहयोगापेक्षी मानवहरुलाई आश्रय दिइरहेको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।