सुर्खेत । मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रलाई न्यानो कपडा हस्तान्तरण गरिएको छ ।
सोमबार सूर्य ज्योति लाइफ इन्सुरेन्स क.लि.परिवारले सुर्खेत सेवाकेन्द्रको संरक्षणमा रहनुभएका मानवहरूका लागि जाडो मौसमलाई मध्यनजर गर्दै सेवा सहजताका लागि न्यानो कपडा योगदान गरेको हो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा रहेको सूर्य ज्योति लाइफ इन्सुरेन्स क.लि.परिवारले आश्रमको सेवालाई नजिकबाट महसुस गरि जाडोमा न्यानो हाेस् भन्ने सेवा भावले सेवाकेन्द्रमा आश्रितहरूको लागि ४५ वटा बल्याङ्केट र ४५ वटा सल योगदान गर्नुभएको सुर्खेत सेवाकेन्द्रका कार्यालय सचिव अमिन सिहँले बताउनुभएको छ ।

इन्सुरेन्सको तर्फबाट प्रेमप्रसाद अर्याल, थममाया थापा, विनिता बम, जयराम ढुङ्गानाको उपस्थिति रहेको थियो ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।