सर्लाही । निवर्तमान रक्षा मन्त्री माननीय हरि उप्रेतीद्वारा नारायण उप्रेतीको स्मृतिमा मानवसेवा आश्रम सर्लाही शाखामा कम्मल योगदान गर्नु भएको छ । सोमबार उप्रेतीले सर्लाही सेवाकेन्द्रमा आश्रित सहयोगापेक्षी मानवहरूका लागि जाडोयाममा न्यानो कम्मल वितरण गर्नु भएको हो ।
कम्मल वितरण कार्यक्रममा राजकुमार उप्रेती, विदुर प्याकुरेल, रामप्रसाद घिमिरे, पुष्पराज भण्डारी, रामबहादुर दवाडी, गीतानाथ मैनाली,चूडामणि वाग्ले र सिताराम पोख्रेल लगायतका उपस्थिति रहेको थियो ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ ।
हेर्नुसहाेस् कम्मल योगदान कार्यक्रम तस्बिरमाः









