नेपालगञ्ज । मानवसेवा आश्रम नेपालगञ्ज सेवाकेन्द्रलाई खाद्यान्न सामाग्री प्रदान गरिएको छ ।
नेपालगञ्ज निवासी सुनिल नरसिंह राणा र निर्मला शाह राणाले आमा देवकुमारी पछाईकाे पुण्यतिथिकाे अवसरमा सेवाकेन्द्रमा खाद्यान्न सामाग्री याेगदान गर्नुभएको हो ।
राणाले सडकपेटी र सार्वजनिक स्थलहरुबाट उद्धार गरी सेवाकेन्द्रको संरक्षणमा रहनुभएका सहयोगापेक्षी मानवहरुको स लागि सेवा गर्न पाउँदा खुसी व्यक्त गर्नु भएको छ । मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।