काठमाडौँ । यो संसारमा भएका सबै मानिसहरुको आफनै विशेषता छन् । ईच्छा आकाङक्षा चाहाना र बाध्यताहरु साथै सबैको जीवनमा दुःखसुखहरु पनि आफनै किसिमका छन् बस त्यसलाई कसरी हेर्ने कसरी लिने भन्ने कुरा आफैँमा निर्भर रहन्छ कसैले जीवनमा आउने दुःखलाई सजिलै लिन्छन् भने कसैकोे जिवनमा यसले अर्के मोड ल्याईदिन्छ तर यो जीवनको नियति हो । लेखिएको नमेटिने रहेछ, यस्तै भयो भारतको बक्सडी घर हुनुभएका सरोज कुमार मानवलाई पनि ।
यस्तै दुःखले नै उहाँलाई भारतदेखि नेपालको तिलोत्तमा नगरपालिका ९ मङ्गलपुरसम्म ल्यायो । भारतमा छँदा सामान्य रोजगारी गरेर गुजारा चलाईरहनुभएका उहाँका तीनजना छोराछोरी हुनुहुन्छ । उहाँ एक्लेैले दुःख गरेर परिवारका समस्याहरुलाई टार्दे आईरहनुभएको थियो । काम गर्दै जाँदा कहिले समस्याहरु त आउँछन नै कहिले कमाई राम्रै हुन्थ्यो भने कहिले खासै हुँदैनथ्यो ।
कमाई राम्रो हुँदा उहाँको घरमा सबै ठीकै थियो बिस्तारै उहाँले गरिरहेको कामबाट कमाई राम्रो नभएपछि उहाँलाई परिवार धान्न झनझन समस्या हुँदै गयो । कमाई राम्रो नभएपछि उहाँलाई मनमा वितृष्णा उत्पन्न भयो । अन्य काम गर्न पनि आईडिया थिएन पढाई पनि थिएन जसरी पनि त्यही काम गर्नुपर्ने बाध्यता थियो, जसका कारण उहाँले कामभन्दा धेरै सोच्न थाल्नुभयो । उहाँकाे मानसिक अवस्था पनि कमजोर हुन थाल्यो ।
गरेको कामबाट घरखर्च धान्न मुस्किल भएपछि उहाँलाई मानसिक समस्याले अझै ग्रसित बनायो अन्तः उहाँले घर नै छोडेर हिँडने निधो गर्नुभयो । घर छोडेर हिँडेको केही समयसम्म अलिकती भएपनि पैसा थियो । केही किनेर खाँदै हुनुहुन्थ्यो लिएर हिँडेको पैसा पनि सकिएपछि उहाँलाई अब आपल आईपर्याे न खाना छ न बास बस्ने ठाउँ नै अब उहाँकाे खुलासडकमुनी नै बास हुन थाल्याे ।
यसरी सडकमै बास बसिरहनुभएका उहाँलाई मानवसेवा आश्रम रुपन्देहीको तिलोत्तमा टिमले उहाँको अभावग्रस्त जिन्दगी देख्यो । त्यसअवस्थाबाट छुटकारा दिन उहाँलाई मानवसेवा आश्रमले उद्धार गरेर ल्याएको हो । आश्रममा आएपछि उहाँ खुसी देखिनुभएको छ ।
उहाँले मानसिक समस्याको औषधि पनि सेवन गर्न थाल्नुभएको छ । गल्ती गर्नु ठूलो कुरा होईन गल्तीको महसुस गर्नु ठूलो कुरा हो । उहाँलाई पनि घर छोडेर गल्ती गरे भन्ने महसुस भएको छ । अब उहाँ निको भएर फेरि छिट्टै घर फर्किने रहर बाेकी बसिरहनुभएकाे छ ।