सुर्खेत । मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले कर्णालीमा प्रदेशस्तरीय भवन निर्माणका लागि मंसिर २१ शुक्रवारदेखि सञ्चालन भएकाे श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा सुर्खेतका विद्यालयहरूबाट पनि महत्वपूर्ण दान प्राप्त भइरहेकाे आश्रमले जनाएकाे छ ।
आश्रमले कर्णाली प्रदेश स्तरीय भवन निर्माणका लागि आयोजना गरिएको महायज्ञमा बिहीबार श्री माउण्ट एभरेष्ट सेकेण्डरी स्कुलका शिक्षक र कर्मचारीहरुले १ लाख ५१ हजार १ सय ११ रूपैयाँ सहयाेग प्रदान गर्नुभएकाे छ ।
त्यस्तै महायज्ञमा श्री एसओएस हर्मन माइनर विद्यालय सुर्खेतका शिक्षक र कर्मचारीहरुकाे तर्फबाट ५५ हजार ५ सय ५५ रूपैयाँ सहयाेग प्राप्त भएकाे छ ।
साउथ एसियन स्कालर्स एकेडेमी/ ज्ञान सिन्धु सुर्खेत कलेज/ थमप्रसाद अधिकारी/ शुभद्रा अधिकारी/ स्व. लालसिंह बडुवाल/ भरु बडुवालद्वारा भवन निर्माण सेवाको लागि ६ लाख ५१ हजार १ सय १५ रूपैयाँ सहयाेग प्राप्त भएकाे छ ।
वीरेन्द्रनगर नगरपालिका ०३, सुर्खेतस्थित नेपाल राष्ट्रिय चन्द्रगंगा मा.वि शिक्षक तथा कर्मचारी परिवारबाट भवन निर्माण कार्यमा सहजता प्रदान गर्नको लागि २१ हजार दान प्राप्त भएकाे छ ।
वीरेन्द्रनगर नगरपालिका-७,सुर्खेतस्थित श्री डिभी निकेतन साेसल सर्भिस क्लव द्वारा भवन निर्माण कार्यमा सहजता प्रदान गर्नको लागि ७ हजार ५ सय ५३ रूपैयाँ दान प्राप्त भएकाे छ ।
वीरेन्द्रनगर नगरपालिका -१०,सुर्खेत स्थित श्री इगर्ब्रिज माध्यामिक विद्यालयद्वारा भवन निर्माण सम्पन्न गर्न सहयाेग गर्ने अभीष्टका साथ ११ लाख ५१ हजार १ सय ११ रूपैयाँ सहयाेग गरिएकाे छ ।
वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेतस्थित चिल्ड्रेन्स प्याराडाइस मा.वि.ले महायज्ञमा ५१ हजार ५ रूपैयाँ प्रदान गरेकाे छ ।
आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११ स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन उपभोक्ता समितिले १८ हेक्टरभन्दाबढी जग्गा प्रदान गरिएको छ । महायज्ञमा प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गर्ने गरेकाे आयोजक समितिले जनाएको छ । मंसिर २१ गते शुक्रवार सुरु भएको महायज्ञ आज २८ गते सकिने कार्यक्रम रहेकाे छ ।