सुर्खेत । मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन निर्माणार्थ सुर्खेतको वीरेन्द्रनगर खुलामञ्चमा आयोजना भएको महायज्ञमा विद्यार्थी देखि समाजसेवी र संघ संस्थाहरूले दान कार्य जारी राखेका छन् ।
महायज्ञमा वीरेन्द्रनगर– ७ सुर्खेत निवासी कुलबहादुर ठाडा मगर र जसुधा ठाडा मगरले भवन निर्माण सहयोगार्थ ५१ हजार ५ रुपैयाँ दान गरेका छन् । ठाडा मगर दम्पतीले स्वर्गीय बुवा आमा सन्तवीर ठाडा मगर र थली कुमारी ठाडा मगर स्मृतिमा महायज्ञमा दान गरेको हो ।उहाँ मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रको पहिलो अक्षयकोष निमार्णमा सहयोग गर्ने दाता समेत हुनुहुन्छ ।
त्यस्तै वीरेन्द्रनगर–८ का सुर्खेत जिल्ला ब्याडमिन्टन संघबाट भवन निर्माणका लागि २१ हजार १ सय रुपैयाँ दान गर्नु भएको छ । महायज्ञमा व्यक्तिगत र संस्थागत रूपमा आर्थिक योगदान गर्ने क्रममा वीरेन्द्रनगर–६, सुर्खेत निवासी राजकुमारी अधिकारी (खड्का) ले आफ्ना पिता माता टोप ब. अधिकारी र मन कुमारी अधिकारी र सासुससुरा भुवन ब. खड्का र विष्णुमाया खड्काको स्मृतिमा भवन निर्माण सहयोगार्थ ५१ हजार १ सय १ रुपैयाँ अर्पण गर्नुभएको हो ।
त्यसै गरी वीरेन्द्रनगर–६, सुर्खेतस्थित जन नमुना माध्यमिक विद्यालय कक्षा ११ व्यवस्थापन संकायका विद्यार्थीहरुले भवन निर्माण सहयोगार्थका लागि चार हजार पाँच रुपैयाँ सहयोग गर्नुभएको छ ।
त्यस्तै वीरेन्द्रनगर–७, सुर्खेत स्थित मिलिजुली खारखोला टोल विकास संस्थाले पनि आश्रमको भवन निर्माण सहयोगार्थका लागि १३ हजार ५ सय ५ रुपैयाँ योगदान गर्नुभएको छ ।
वीरेन्द्रनगर - ७ सुर्खेत निवासी डिल्लीरामरमनकुमारी पौडेल, छोराहरु यादव, दया,सोमप्रसाद पौडेललगायत पौडेल परिवारको तर्फबाट भवन निर्माण सहयोगार्थ ५१ हजार रुपैयाँ योगदान गर्नुभएको छ ।
वीरेन्द्रनगर–११ सुर्खेत निवासी लोकबहादुर बस्नेत र लक्ष्मी कुमारी बस्नेतले पितृहरूको स्मृतिमा आश्रमको भवन निर्माण सहयोगार्थ ५१ हजार १ सय ५५ रुपैयाँ योगदान गर्नु भएको छ ।
उहाँहरूलाई कलाकार किरण केसी र शिवहरि पाैडेल लगायतले सम्मानपत्र प्रदान गर्नु भएकाे थियाे । महायज्ञ मंसिर २८ गते सम्म सञ्चालन हुने आश्रमले जनाएको छ ।
त्यस्तै वीरेन्द्रनगर–६, सुर्खेतस्थित महिला सेवा समाज सुर्खेतले भवन निर्माण सहयोगार्थका लागि २५ हजार १ सय ५ रुपैयाँ, वीरेन्द्रनगर– १२, सुर्खेत निवासी भिमकली चपाईले १ लाख १ हजार १ सय रुपैयाँ, वीरेन्द्रनगर– ४ सुर्खेत निवासी शेरबहादुर रावत, पिमा रावत र गणेश रावतले १ लाख ११ हजार १ सय ५१ रुपैयाँ र वीरेन्द्रनगर ७ सुर्खेत निवासी घनश्याम चपाई र राधा अधिकारी(चपाई)ले भवन निर्माण सहयोगका लागि २१ हजार १ सय २१ रुपैयाँ महायज्ञमा दान गर्नुभएको छ ।