सुर्खेत । मानवसेवा आश्रम कर्णाली प्रदेश स्तरीय भवन निर्माण सहयोगार्थ आयोजना गरिएको महायज्ञमा ३६ लाख, ६५ हजार, ९ सय १२ रुपैयाँ संकलन भएको छ । परोपकारी मनहरूबाट महायज्ञमा आश्रम निर्माण सेवाका लागि उक्त रकम प्राप्त भएको हो । आश्रमको मानव स्मारक १ कोठा निर्माणको लागि ६ लाख ५१ हजार १ सय १५ रुपैयाँको योगदान गर्नुपर्नेछ । जसमा मानवसेवा आश्रमको एक कोठा निर्माणको सदस्यता प्रदान गरी सोही कक्षमा शिलालेख राखिनेछ ।
प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिकाले आश्रम भवनको एउटा ब्लग नै निर्माण गर्ने घोषणf गरेका छ । नगरपालिकाले बनाउने ब्लकमा एक करोड लागत लाग्ने अनुमान महायज्ञ मूल आयोजक समितिले गरेको छ । ‘हामीले आश्रम भवनको एउटा ब्लग निर्माण गर्ने घोषणा गरेका छौँ,’ वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले भनिन्, ‘पैसा जति लागे पनि राजधानीको पालिका भएकाले भवनको एउटा ब्लग नै निर्माण गर्ने निर्णय गरेका हौँ ।’ भागवत भास्कर कमल नयन गौतमले कथा वाचन गरिरहेको उक्त महायज्ञबाट ३६ लाख ६५ हजार रुपैयाँ नगद विभिन्न दाताहरूमार्फत सङ्कलन भएको हो । महायज्ञमा वीरेन्द्रनगर नगरपालिका–६ का समाजसेवी थिर कुमारी कार्कीले १० लाख १ हजार रुपैयाँ दान गर्नुभएको छ । त्यस्तै डा. अर्चना कार्कीले परिवारको तर्फबाट सामूहिक ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेकी छन् ।
मूल आयोजक समितिका संयोजक समेत रहेका डा.नवराज केसीले आफ्ना स्वर्गीय बुवा नेत्र खत्रीको सम्झनामा आश्रम भवनको एउटा कोठा निर्माण गर्ने भएको छन् । उनले आफ्नो परिवारको तर्फबाट संयुक्त रूपमा ६ लाख ५१ हजार ११५ रुपैयाँ दान गरेका छन् । यस्तै पदमबहादुर ढकालले ६ लाख ५१ हजार १२५ रुपैयाँ मानव सेवा आश्रम निर्माणका लागि सहयोग गरेका हुन् । आश्रम भवनको एउटा कोठा निर्माणका लागि ६ लाख ५१ हजार ११५ रुपैयाँ दान मूल समितिले निर्धारण गरेको छ । त्यस्तै सुर्खेतकै लेकवेशी नगरपालिकाले पनि मानव सेवा आश्रम भवनको एउटा कोठा निर्माण गरिदिने भएको छ । लेकवेशीका नगर–प्रमुख उमेशकुमार पौडेलले एउटा कोठा निर्माण गरिदिने घोषणा गरेका छन् । नगर–प्रमुख पौडेलले शनिवार महायज्ञमै सहभागी भएर भवनको एउटा कोठाका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरेका हुन् ।आश्रमलाई भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले १८ हेक्टरभन्दा बढी जग्गा प्रदान गरिएकाे छ । महायज्ञबाट ५ करोड रुपैयाँ संकलन हुने र प्रत्येक दिन ५ हजार दर्शकहरूले अवलोकन गर्ने आयाेजक समितिले जनाएकाे छ ।
सुर्खेतको खुलामञ्चमा हिजोदेखि श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१ सञ्चालन भइरहेको छ । भवन निर्माणका लागि भने ८ देखि १० करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक डा. नवराज केसीले बताउनुभएको छ । महायज्ञ स्थलमा फिजियोथेरापी सेवा, दन्त परीक्षण र योग शिविर पनि सञ्चालन भइरहेका छन् । शुक्रवार सुर्खेतवासीको उत्साहजनक उपस्थिति बिच सुरु भएको महायज्ञको मंसिर २८ गते समापन गर्ने कार्यक्रम तय भएको छ ।मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको हो ।
दाताको नामावली यस प्रकार छ ः
१) दवनदेवी सुवेदी ११ हजार १ सय ११ रुपैयाँ
२) दीक्षादेवी सुवेदी ११ हजार ५ सय २५ रुपैयाँ
३) प्रकाश थापा ११ हजार १ सय १५ रुपैयाँ
४) लोक प्रसाद सुवेदी ११ हजार ५ सय २५ रुपैयाँ
५) बलराम सुवेदी ११ हजार १ सय ११ रुपैयाँ
६) पदम बहादुर र पद्मा देवी ढकाल ६ लाख ५१ हजार १ सय २५ रुपैयाँ
७) रत्नप्रसाद सुवेदी ११ हजार १ सय ११ रुपैयाँ
८) कमला सुवेदी ११ हजार १ सय १५ रुपैयाँ
९) तारादेवी सुवेदी ११ हजार १ सय १५ रुपैयाँ
१०) किरण कुमार शाही ५ हजार रुपैयाँ
११) यामनारायण सुवेदी ५५ हजार ५ सय ५५ रुपैयाँ
१२) यामलाल सुवेदी ११ हजार १ सय १५ रुपैयाँ
१३) थिर कुमारी कार्की दश लाख १ हजार रुपैयाँ
१४) अर्चना घिमिरे सुवेदी ११ हजार १ सय ६६ रुपैयाँ
१५) जानकी सुवेदी ११ हजार ५१ रुपैयाँ
१६) यशोदा केसी ५ हजार १ सय रुपैयाँ
१७) धर्मराज खड्का ११ हजार २३ रुपैयाँ
१८) चन्द्रा भण्डारी ५१ हजार रुपैयाँ
१९) खगेन्द्र प्रकाश र ज्ञानकुमारी सुवेदी १ लाख १ हजार १ सय ५ रुपैयाँ
२०) डा अर्चना कार्की ६ लाख ५१ हजार १ सय १५ रुपैयाँ
२१) टीका ढकाल भण्डारी १ लाख ११ हजार ५ रुपैयाँ
२२) यशोधरा श्रेष्ठ ५ हजार १ सय रुपैयाँ
२३) सुरज अधिकारी ५ हजार रुपैयाँ
२४) नारायण श्रेष्ठ ७ हजार ५ रुपैयाँ
२५) हरि प्रसाद, सुमित्रा पौडेल ५ हजार १ सय ५ रुपैयाँ
२६) ओम थुमिन श्रेष्ठ ५ हजार ५ सय ५ रुपैयाँ
२७) डा. नवराज केसी ६ लाख ५१ हजार १ सय १५ रुपैयाँ
२८) याम बिसी स्मृति प्रतिष्ठान सहीद परिवार २१ हजार ५ रुपैयाँ
२९) उमा आर्चाय १ लाख, ५२ हजार ९५ रुपैयाँ
३०) कृष्णदेव गिरी ११ हजार ५ सय ५ रुपैयाँ
३१) तारा थापा भट्टराई २ हजार ५ सय ५ रुपैयाँ
३२) महेन्द्र कुमार थापा २१ हजार १ सय ११ रुपैयाँ
३३) कविता मल्ल, आनन्द केसी २१ हजार रुपैयाँ
३४) ठूलाराम थानी १० हजार ६५ रुपैयाँ
३५) बासुदेवी, मीना तिमिल्सिना ५ हजार १ सय ५ रुपैयाँ
३६) अमृता सुवेदी ११ हजार १ सय रुपैयाँ