काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरुबाट बिहीबार जनाको ६ जनाको उद्धार २ लाख ६६ हजार रुपैयाँ बराबरको सेवा सदुपयोग भएको छ । यस दिन आश्रममा आश्रय लिइरहेका सहयोगापेक्षी मानवहरूको सेवाका लागि ६ लाख ४१ हजार ७ सय ६० रुपैयाँ सेवा योगदान भएको छ ।
यस दिन भोजन सेवा अन्तर्गत परोपकारी मानवहरूबाट विभिन्न सेवाकेन्द्रमा बिहान र दिउसो गरी ५ वटा खाजा सेवा योगदान भएको छ । त्यसै गरी भोजन सेवा अन्तर्गत बिहान बेलुकी गरी १५ वटा खाना सेवा योगदान भएको छ । जिन्सी सामग्री सहयोगबापत विभिन्न दाताबाट १ लाख २५ हजार ९ सय ५४ रुपैयाँ बराबरको सामग्री योगदान भएको आश्रमले जनाएको छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चगतको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्प सहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।