रुपन्देही । लुम्बिनी प्रदेश रुपन्देही तिलोत्तमा सेवा केन्द्रबाट २ जना सहयोगापेक्षी सडक आश्रित मानवहरूको सुखद पारिवारिक पुनर्मिलन भएको छ । पुनर्मिलन हुनेमा एक बालिका र एक पुरुष रहेका छन् । पुनर्मिलन भएका बालिकाको बुधवार मात्र । सिद्धार्थनगर नगरपालिका भैरहवा वेलहियाबाट उद्धार गरिएको थियो ।
१३ वर्षीय भारती मानव अर्थात् गोमा चौधरीलाई सडकमा अलपत्र र बोल्न नसक्ने अवस्थामा फेला पारिएको थियो बुधवार नै उहाँको बुबा कान्तु चौधरी सम्पर्कमा आएपछि पारिवारिक पुनर्मिलन भएको हो । त्यस्तै पारिवारिक पुनर्मिलन हुने पुरुष भने सञ्जीवकुमार सिंह रहेका छन् । उहाँको उद्धार भएको ४० दिनपछि पारिवारिक पुनर्मिलन भएको हो ।
भारत उत्तर प्रदेश घर भएका उहाँलाई मानसिक कमजोर अवस्थाका अवस्थामा सडकबाट उद्धार गरिएको थियो । भारतबाट उहाँका परिवारका सदस्य प्रदीपकुमार सिंहका साथमा बुधवार सुखद पारिवारिक पुनर्मिलन भएको हो । मानवसेवा आश्रम खुला आकाशमुनि सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित छ । आश्रम वि.सं. २०६९ साल भाद्र १३ गते मुख्य कार्यालय मकवानपुर, हेटौँडाबाट औपचारिक रूपमा सेवा शुभारम्भ भएको हो ।
यस आश्रमले वि.सं. २०८२ सालभित्र स्वयं आफ्नो लागि आफै केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने, घोषणा गरेको छ । घोषणा पश्चातको कार्यान्वयनलाई प्रभावकारी बनाउने संकल्पसहित हाल सात प्रदेशको १९ जिल्लामा २५ ओटा सेवा केन्द्रहरूमार्फत ७७ ओटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र तिनीहरूको मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।