काठमाडौँ । कोही आफ्ना भन्नेहरु पनि निकै निर्दयी हुँदा रहेछन्, यस्तै निर्दयी आफन्तहरु हुनुहुन्थ्यो लक्ष्मी सापकोटा दिदीको पनि । उहाँको श्रीमान रोजगारीको शिलशिलामा कतार हुनुहुन्थ्यो । सासुससुरासँग बस्दै आउनुभएकी लक्ष्मी दिदीलाई उहाँले काम गर्न सकुञ्जेल परिवारमा सबैकुरा ठिक थियो तर जब उहाँलाई प्यारालाईसिस जस्तो घातक रोगले समात्यो तब उहाँको जिन्दगीमा दुःखका दिनहरु सुरु भए ।
उहाँ हिँडडुल गर्न नसक्ने हुनुभयो, चारहातखुट्टा टेकेर घस्रेर हिँडनुपर्ने बाध्यता आईलाग्यो । त्यसपछि उहाँका सारथी कोही भएनन् आफूले काम गर्न सकुञ्जेल उहाँले सासुससुरा श्रीमान परिवारमा जो बिरामी भएपनि कहिल्यै झर्काे मान्नु भएनन् ज्यान दिएर सबैकामहरु एक्लै गर्दै जानुभयो । उहाँ भन्नुहुन्छ आफूलाई पर्दा कोही नहुने रहेछन् बैगुनीहरुलाई गुणले मार्न नसकिँदो रहेछ । उहाँहरुलाई पर्दा मैलै धेरै सहयोग गरे तर मलाई पर्दा उहाँहरुले औपधि उपचार गर्नुभएन ।
उहाँका श्रीमान पहिलेदेखि नै विदेश हुनुहुन्थ्यो, समय समयमा घरमा आउने जानेक्रम चलिरहन्थ्यो । प्यारालाईसिस भएपछि उहाँका दिनहरु निकै कष्टकरपूर्ण रुपमा व्यतित हुन थाले एकातिर शारीरिक पीडा छँदै थियो प्यारालाईसिस भएर निकैथला परेपछि उहाँले एकातिर परिवारको साथ पाउनुभएन भने अर्काेतिर धेरै चिन्ता लिने, मनमा कुराहरु खेलाईरहने समयमा खान नपाउने भईसकेपछि उहाँ मानसिक रुपमा विक्षिप्त हुँदै जानुभयो ।
शारीरिक र मानसिक दुवै समस्या उहाँमा देखा पर्न थालेपछि उहाँको परिवारले अब उहाँलाई औषधि उपचारको साटो उल्टै एउटा कोठामा थुनिदिन थाल्नुभयो । कस्तो निर्दयी परिवार त्यसपछि उहाँलाई घिस्रेर हिँडने ठाउँ पनि त्यही एउटा कोठामात्र सीमित भयो । त्यसरी बन्द कोठामा थुनेर खानसमेत नदिई राखेको सूचना मानवसेवा आश्रम पोखराको छोरेपाटन शाखाले थाहा पाएपछि उहाँलाई आजभन्दा ४ वर्षअघि उहाँको घरबाटै आश्रममा उद्धार गरेर ल्याईएको हो ।
आश्रमको बसाई र त्यहाँ पाउनुभएको हेरचाहपश्चात अहिले दिदीको जीवन आफैँलाई सपनाझैँ लाग्न थालेकाे छ । उहाँ आजकाल आश्रममा हुने सम्पूर्ण दैनिक कार्यमा आश्रम सरसफाई, आमाबुवाहरुलाई सरसहयोग लगायतका सबै कामहरुमा सामेल हुनुहुन्छ ।चारहातखट्टा टेकेर घस्रेर हिँडनुपर्ने जीवनबाट अरुलाई सघाउनेसम्म उहाँ पुगिसक्नुभएको छ । उहाँकी एक जना छोरी पनि हुनुहुन्छ छोरीलाई संस्थाले पढाई दिएको छ ।
छोरीसँग बाहेक उहाँको परिवारका अरु कोहीसँग भेट हुन्न छोरी कहिलेकाँही आश्रममै आई उहाँसँग भेट गरेर फर्किनुहुन्छ । अब घरपरिवारबाट कोही लिन आए पनि नजाने र आश्रममा रहनुभएका बुवाआमाहरुलाई नै सहयोग गरेर त्यही बस्ने लक्ष्मी दिदीको अठोट छ ।