२३ कार्त्तिक, धादिङ । मेची(महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार ६ जनाको उद्धार गरिएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।
मेची(महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा शुक्रबार गोरखाबाट १ जना, तनहुँबाट १ जना, चितवनबाट २ जना, र धादिङको गजुरी गाउँपालिका( ५ बाट २ गरि ६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।
शुक्रबार उद्धार हुनुभएका ६ जनालाई मानवसेवा आश्रम काठमाडौंँको रानीवनसेवाकेन्द्रमा संरक्षणका लागि राखिने भएको छ ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २६ औँ दिन धादिङको गजुरीसम्म आइपुग्दा १८९ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले जानकारी दिनुभएको हो । उद्धार हुनुभएका १४६ जना पुरुष र ४३ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टोली शुक्रबार गोरखा हुँदै तनहुँ, चितवन, धादिङका सडकपेटी रहनुभएका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो ।
साथै मेची(महाकाली राष्ट्रिय उद्धार टोलीले शुक्रबार २६ दिनको यात्रालाई बिट मार्दै शुक्रबार नै उपत्यका प्रवेश गरिसकेको छ भने शनिबारदेखि काठमाडौँ उपत्यका सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सडकआश्रित मानवहरुको उद्धार सेवामा रहने कार्यक्रम तय भएको छ ।