१४, कार्तिक, सुर्खेत । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बुधबार कर्णाली प्रदेश सुर्खेत २ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार
यात्रा सुरु भएको हो ।
३२ दिनसम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा बुधबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बाट १ जना महिला र १ जना पुरुषको उद्धार गरिएको हो । उद्धार टोली बुधबार वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानहरुमा उद्धार सेवामा खटिएको हो ।
उद्धार हुनुभएका २ जनालाई आजै मानवसेवा आश्रम सुर्खेतको वीरेन्द्रनगर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा बुधबार सुर्खेतको वीरेन्द्रनगर आइपुग्दासम्म १४१ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले बताउनुभएको छ । १०७ पुरुष र ३२ महिलाको सङ्ख्या मध्ये २ बालिका र १ बालक पनि रहेका छन् ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्माज्यू र मानवसेवा आश्रमका अध्यक्ष रामजी
अधिकारीज्यूसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।
साथै उद्धार टोलीले बिहान वीरेन्द्रनगर बजारका विभिन्न चोकको परिक्रमा गर्दै र्याली लिकालेको हो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्री परिषद् कार्यालयमा यात्री टोलीलाई स्वागत गर्दै मानवीय कार्यमा सधैँ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
साथै बिहीबार जानकी गाउँपालिका, बडैयाताल गाउँपालिका, गुलरिया, तारा ताल, भुरिगाउँ , चिसापानी, घोडाघोडी, बौनियाँ, अत्तरियासम्म सडक उद्धार सेवा गर्दै यात्रीहरु धनगढीसम्म पुग्ने कार्यक्रम रहेको छ ।