२० भाद्र, काठमाडौँ । मानवसेवा आश्रम सुर्खेत शाखामा श्रीमद् भागवत महायज्ञको आयोजना हुने भएको छ । मानवसेवा आश्रमको (मानवता प्रवद्र्धन महाअभियान) अन्तर्गत कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत शाखाको भवन निर्माणका निमित्त आर्थिक सहयोग जुटाउने अभिप्रायले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञको सम्बन्धमा निर्णय गर्न बुधबार सुर्खेतमा विचार विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यू, केन्द्रीय महासचिव शुसिला केसीज्यू, लुम्बिनी प्रदेश संयोजक सरु अधिकारीज्यू, कर्णाली प्रदेश संयोजक संजिता गौतमज्यू, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी लगायतका व्यक्तित्वहरुसहितको उपस्थितिले महायज्ञका सम्बन्धमा पाँच बुदे निर्णय पारित गरेको छ ।
कार्यक्रमले महायज्ञ सञ्चालन आगामी मंसिर २३ गतेदेखि ३० गतेसम्म हुने, महायज्ञमा कर्णाली प्रदेशका सबै जिल्लाका स्थानीय पालिकाहरु, प्रदेश सरकारको प्रत्यक्ष सहभागिता हुनुपर्ने, महायज्ञ सफल बनाउन बैंक तथा वित्तीय संस्थाहरु, अध्यात्मिक संस्थाहरु, लायन्स, रोटरी, जेशिस, लगायत राजनीनिक दलको सहभागिता अनिवार्य रुपमा गराउन तयारीमा जुट्ने, छिन्चु बजार क्षेत्रमा महायज्ञ सञ्चालनका लागि छुट्टै भेला गर्ने साथै महायज्ञ मूल आयोजक समिति १००१ सदस्यीय रहने निर्णय गरेको हो ।