६ कार्त्तिक, चितवन । मेची महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत बागमती प्रदेश अन्तर्गत चितवनमा २ जनाको उद्धार गरिएको छ । ‘
मंगलबार बिहान हेटौँडाबाट सुरु भएको उद्धार यात्रा, मनहरी, लोथर, भण्डारा, ताडी, रामनगर, दास ढुङ्गा हुँदै चितवनको भरतपुर आइपुगेको हो । भरतपुरसम्म आइपुग्दा दिउँसो सडकआश्रित मानवहरु नभेटिएपछि रातिको सयममा उद्धार टोली सडक सेवामा खटिएको हो । रातिको सडक सेवामा खटिएको उद्धार टोलीले चितवन खैरेनी नगरपालिका –१ ज्यामिरे बाट ४५ वर्षीय आमा र ११ वर्षीय छोराको उद्धार गर्न सफल भएको हो ।
साथै बुधबार चितवन र नवलपरासी क्षेत्रका विभिन्न क्षेत्रमा बेवारिसे अवस्थामा रही जीवन बाँच्न बाध्य हुनुभएहरुको उद्धार सेवामा टोली खटिने कार्य योजना समेत रहेको छ ।
साथै मानवसेवा आश्रम मूख्य कार्यालय हेटौँडामा मंगलबार स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकार प्रमुख तथा मेचीमहाकाली उद्वार यात्रीहरु बीच स्नेह मिलन कार्यक्रम हेटौँडामा सम्पन्न भएको हो ।
मेची–महाकाली यात्राको बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रमा बागमती प्रदेश सरकारका प्रमुखसँगै, स्थानीय जनप्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी तथा पत्रकार लगायत अन्य व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गर्दै मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीद्वारा आश्रम र उद्धार यात्राको उद्देश्यबारे भिडियो प्रस्तुत गर्दै प्रष्ट पारिएको थियो ।
साथै अधिकारीज्यूले आ.व २०८१÷८२ मा बागमती प्रदेश सरकारको तर्फबाट १० लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिनुहुँदै आश्रम सरकारको माध्यम भएर काम गरिरहेको र त्यो रकम कम हुने हुँदा एकजना व्यक्तिको मासिक खर्च १५ हजार भएको हुँदा समस्या झेलिरहेको बताउदै १ व्यक्तिलाई दिनको १०० रुपैयाँ गरि मासिक ३ हजार उपलब्ध गराउन प्रदेश सरकारका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ ।
साथै हेटौँडा उपमहानगरपालिका वडा–९ का अध्यक्ष सुकराम केसीज्यूले मानवसेवा आश्रम ईश्वरलाई चिन्ने संस्था भएको बताउनुभएको छ ।
उहाँले उपमहानगरपालिकाले प्रत्येक वर्ष ५ लाखको औषधिउपचार खर्च गर्न रकम उपलब्ध गराएको भन्दै
प्रदेश सरकारले यसतर्फ ध्यान नदिएकोमा गुनासो व्यक्त गर्नुभएको हो । वडाले गर्न सक्ने तर प्रदेशले जहिले नजर अन्दास गरेको आरोप लगाउँदै आगामी दिनमा आश्रमलाई हेर्नुपर्ने बताउँदै मेचीमहाकाली यात्रीलाई शुभकामना दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै हेटौँडा प्रमुख जिल्ला अधिकारी तिर्थ राज अधिकारीद्वारा चाडपर्वमा मात्र हैन सधैँभरिका लागि सडकआश्रित मानवहरुको जीवन सडकमुक्त होस् भन्दै सरकारले क्षमता अनुसार काम गर्दै आएको र आश्रमको निरन्तर प्रयासलाई सरकारले सँगै रहेर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको थियो । संस्था एक्लै भएको सरकार पनि सँगै रहेको र संस्थाको कार्यले सरकारलाई झकझकाएको छ बताउनुभयो । सरकारसँग सीमित स्रोतसाधन भएको हुँदा भनेजस्तो सहयोग गर्न नसकिएको बताउनुभएको छ ।
बागमती प्रदेश मूख्य सचिव डा. हरि लम्साल सडकआश्रित मानिसहरुको संङ्ख्या बढ्नु राम्रो हैन । यो कार्यमा ३ तहका सरकार जोडिन पर्ने बताउदै बागमती प्रदेश पहिलो सडकआश्रित मानवमुक्त प्रदेश बन्न नसकेको हुँदा अब घोषणा गर्न ढिला नगर्न सबैमा आग्रह गर्नुभएको छ ।
त्यस्तै सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी मान्छे भएर जन्मेपछि सबैले मानवीय कार्यमा जोडिनपर्छ । हरेक कुरा स्थानीय सरकारसँग जोडिने हुँदा स्थानीय सरकार सँग सहकार्य नभई अगाडि बढ्न नसक्ने बताउनुभएको छ । हरेक कुरा बागमती प्रदेश अगाडि भए अरु प्रदेशले सिकोस् भन्ने चाहना छ । कार्यविधि बनाएर बागमती प्रदेश सडकआश्रित मानवमुक्त घोषणा गर्ने प्रतिबद्ध रहेको बताउनुभयो । सरकारसँगै रहेर आफू हुँदा सम्मसम्म प्रदेश घोषणा गरिसक्ने बताउनु भएको थियो
प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामा तामाङद्वारा यात्रीलाई राष्ट्र सेवकको दर्जा दिँदै अभियानको सफलताको शुभकामना दिनुभएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा कार्यक्रम उपस्थित हुन पाउँदा भाग्यमानी महसुस भएको र पीडा पोख्ने मात्र हैन सम्बन्धि निकायलाई दबाब दिई रहनुपर्ने बताउनुभयो
३ तहका सरकारले गर्नपर्ने बताउदै आइ छोइङ डोल्माज्यूले सेवा नै धर्म हो आश्रमलाई सरकारको सहयोगी बनेर काम गरेको र
सरकारलाई यात्रीको भविष्यको बारेमा सोचिदिन आग्रह गर्नुभएको गर्नुभयो ।
चितनवका जनप्रतिनिधिद्वारा मेची–महाकाली यात्रीलाई स्वागत गरिएको छ । स्वागत गर्ने क्रममा भरतपुर महानगरपालिका मेयर रेनु दाहालज्यूद्वारा मानवीय कार्यमा जोडिन आग्रह गर्नुका साथै आफूले सक्दो सहयोग गरेर चितवन जिल्लालाई सडकआश्रित मानवमुक्त जिल्ला बनाउने प्रण गर्नुभएको छ ।