काठमाडाैँ । पौरखी हातहरु जहाँ गएपनि रोकिँदैनन् अविराम चलिरहन्छन् ठीक यसकै उहादरण हुनुहुन्छ मानवसेवा आश्रमको केन्द्रीय कार्यालय हेटौँडामा बस्नुहुने सरस्वती न्यौपाने, मिरा मानव, पुष्पा मानव, जानकी महर्जन, गायत्री रिमाल, आरती बम्जन,कल्पना भण्डारीलगायत केही आमाहरु ।
उहाँहरुलाई विविध कारणले जिन्दगीले आश्रमको बाससम्म ल्याइपुर्यायो, तर पनि उहाँहरु आश्रमको बसाईलाई समेत प्रभावकारी बनाएर सिर्जनशिल काममा लागिरहनुभएको छ । उहाँहरु आश्रममा सघाएर बचेको समयलाई उपयोगी बनाउन आश्रममै धुप बाट्ने बाती काटने रुद्राक्षको मालाहरु बनाउने लगायतका कामहरु गर्नुहुन्छ । आमाहरुले दैनिक रुपमा धुप बाटने बाती बनाउँने, माला बनाउने काम गर्दे आउनुभएको छ बनाएको धुपबातीहरु आश्रमभित्र हुने दीप प्रज्वलनलगायतमा काम लाग्ने गरेको छ । यस्तै मालाहरु लगायत आश्रमभित्र दैनिक रुपमा प्रयोग हुने धुपबाती उहाँहरुकै मेहनत हो आमाहरुले बनाउनुभएको बाती आश्रमभित्र मात्र प्रयोग हुने नभई बचेको बातीहरु, विक्रीवितरण पनि गर्ने गरिन्छ ।
उहाँहरुले यो बाती बनाउने कला पनि आश्रमभित्रै तालिम लिएर सिक्नुभएको हो ,आश्रममा आमाबुवाहरुलाई उद्धार गरेर ल्याएपछि मानसिक तथा शारिरीक रुपमा सशक्त भईसकेपछि उहाँहरुले जान्न चाहेको सामान्य किसीमका सिपमूलक तालिमहरु पनि दिने गरिन्छ । त्यसैको प्रतिनिधिमूलक पात्र हुनुहुन्छ आमाहरु । आश्रमभित्र सबै काम गर्न सक्ने खालको व्यक्तिहरु हुनुहुन्न तर जसले जे गर्न सक्नुहुन्छ त्यो चाँहि उहाँहरुले गरिरहनुभएकै छ । धुपबाती बनाउने आमाहरु आश्रमभित्र सरसफाईका कामहरु गर्नेदेखि लिएर आश्रममा आश्रितहरुको सेवामा पनि उतिकै सक्रिय हुनुहुन्छ ।
उद्धार गरेर आश्रममा ल्याउँदा उहाँहरुमध्ये धेरैजना आमाहरुको शारिरक तथा मानसिक अवस्था निकै नाजुक थियो, आश्रम बसाई पश्चात उहाँहरुको जीवनमा निकै परिवर्तन आएको देख्न सकिन्छ । जीवनमा साहरा दिने कोही नहुनुभएका र भएर पनि कोही नभएझैँ हुनुभएका धेरैलाई मानवसेवा आश्रमले पुर्नजीवन दिनुका साथै साहरा, आड र भरोसा दिएको छ । यसकै उपज अहिले आमाहरु थप सशक्त हुँदै जानुभएको छ ।