रामशरण रानामगर बुवाको घर मकवानपुर ६ हेटौँडा हो । जीवनका ५५ औँ वसन्त पार गरिरहँदा उहाँको निधारमा अनुभवका रेखाहरु प्रष्ट देखिन्छन् । उहाँको बुवा बितेपछि, उहाँको आमा, एकजना दिदी, एकजना भाइ र उहाँ गरि परिवारमा जम्मा चार जना सदस्यहरु हुनुहुन्छ । दिदीकाे कुरा सुनेर अामाले उदयपुरमा व्यापार सुरु गर्नुभयाे व्यापारले गति लिन सकेन् व्यापारमा घाटा लागेपछि घरमा विवाद चर्कियाे ।
विवादले अलिक चर्काे रुप लिन थाल्यो, विवाद उत्कर्षमा पुगेपछि उहाँलाई घर बस्न मन लागेन घर छाडेर हिँडनुभयोे घर छाडेर काठमाडौँ आई उहाँले दैनिक ज्यालादारी रुपमा निर्माणका कामहरु गर्न थाल्नुभयो । काठमाडौँमा दुःख सुख गर्दै दिनहरू बितिरहेकै थिए । त्यसै क्रममा उहाँले काठमाडौँमै बिहे पनि गर्नुभयो बिहे गरेको केही बर्षपछि उहाँकी एउटी छोरी पनि जन्मिईन् । बिहे गरेको ६ वर्षपछि ४ वर्षको छोरीसहित उहाँको श्रीमतीले अर्कै केटा रोजेर भाग्नुभयो । उहाँले प्रहरीमा उजुरी दिनुभयो । श्रीमती छाडेपनि छोरी आफैँसँग राख्ने सोचमा हुनुभएका रामशरण बुवाले छोरीको उमेर कम भएका कारण कानुनी रुपमा छोरीको लालनपालन गर्ने जिम्मेवारीबाट बञ्चित हुनुपर्याे ।
बीच बटोमा जीवनसाथीले साथ छाडेपछि उहाँ मानसिक रुपमा विक्षिप्त हुनुभयो । उहाँले गरिरहेको कामै छोडेर २ वर्षसम्म यसै बस्नुभयो फेरि केही समयपछि पुनः मिस्त्री काम सुुरु गर्नुभयो । काठमाडौँमा फटाहा र ठग यत्रतत्र छन् उहाँले काम गरेको पैसा ठेकेदारले नदिई भागेपछि उहाँ फेरि समस्यामा पर्नुभयो ।
उहाँलाई फेरि अर्काे चोट आईपर्याे काम नगरि मादक पदार्थ मात्रै सेवन गर्ने, खाना समयमा नखाने जथाभावी हिँडने के गर्दैछु थाहा नपाउने जस्ता समस्याहरु उहाँमा देखापरे । जाँडरक्सी उहाँको दैनिकी बन्यो ,पहिले काम गरेर बचाएको अलिअलि पैसा पनि सकिदै जान थाल्यो उहाँ गन्तव्यविनाको यात्रीझैँ हुनुभयो । उहाँलाई साथीभाईहरु लगायतले सम्झाउदा पनि उहाँको दैनिकीमा परिवर्तन आएन् खाना समयमा नखाने, तनाव लिने, जाँडरक्सी मात्रै पिएर दिनहरु बित्दै गए उहाँ फेरि शारीरिक रुपमा झनझन कमजोर हुँदै जानुभयो । काम छोडेर पैसा सबै सकिएपछि अब उहाँको बास नै सडकमा हुन थाल्यो । यसरी सडकपेटीमा बेवारिसे अवस्थामा फेला परेपछि उहाँलाई मानव सेवा आश्रम रानीवन शाखाको टिमले उहाँलाई तिन वर्षअघि उद्वार गरेको हो ।
उहाँको दाइको ललितपुरको ठैवमा आफ्नै घर छ आमा पनि दाजुसँगै त्यही बस्नु हुन्छ ।
बुवा बितेपछि उहाँको परिवार मकवानपुरबाट काठमाडौँ बसाइँ सर्यो । अहिले गाउँमा उहाँको घर रितै, खेतबारी सबै बाँझै छ । गाउँघरमा कोही छैनन्, उहाँको भागमा पर्ने खेतीपाती पनि छ गाउँमा तर उहाँलाई फेरि गाउँ फर्केर पहिलेजस्तै खेतीपाती गर्ने सोच अब छैन् किनकी उहाँलाई खेतीपातीमा सघाउने न उहाँकी श्रीमती हुनुहुन्छ न गाउँमा नै काम गर्न सक्ने केही पर्दा सघाउने मान्छेहरु नै छन् । आमा दाइसँगै बस्नुहुने हुँदा उहाँ आमालाई भेट्न पनि कहिलेकाही जाने गर्नहुन्छ । पारिवारिक बेमेलका कारण दाइसँग बस्न मन नभए पनि अब भने घरमा आफूले पाउने सम्पत्तिको भाग बेचेर व्यापार गरेर आमासँग रमाउने उहाँको चाहना छ ।
जिन्दगीमा आएका दुःखलाई पन्छाउँदै अगाडि बढ्नुपर्ने उहाँ बताउँनुहुन्छ, समयले मानिसलाई जता पनि घचेटने रैछ, तर हर परिस्थितिमा आफूलाई सम्हाल्नुपर्ने उहाँको बुझाई रहेको छ । आजभोलि उहाँलाई कान कम सुन्ने समस्या भए पनि शारीरिक रुपमा पहिलेभन्दा स्वस्थ फुर्तिलो हुनुहुन्छ ।