असोज ६, काठमाडौँ । मानवसेवा आश्रम गोरखा सेवाकेन्द्रको निर्माणाधीन भवन सम्पन्न गर्ने उद्देश्यले शनिबार मिट एण्ड ग्रिट कार्यक्रम सम्पन्न भएको छ ।
मानवसेवा आश्रम रानीवन सेवाकेन्द्र काठमाडौँमा भएको कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू, अतिथि मानवसेवा आश्रम गोरखा सेवाकेन्द्रका अभिभावक परिवार तथा भवन निर्माण समितिका संयोजक इश्वरकाजी मास्केज्यू लगायत विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा तथा नेपाल सरकारका पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूले मानवसेवा आश्रममा भईरहेको मानवता प्रवर्द्धनकाे काम राज्यले गर्नुपर्ने काम संस्थाले गरिरहेको भन्दै सबै मिलेर आश्रमलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले मानवसेवा आश्रमबारे आफूले धेरै अगाडिदेखि चाँसो राख्ने गरेकाे भन्दै मानवसेवा आश्रमको बारेमा योभन्दा अगाडिको सरकारले पनि अपेक्षित सहयोग गर्न नसकेकोले अहिलेको सरकारसँग पनि आफूले यसबारे छलफल गर्ने बताउनुभएको छ । उहाँले भवन निर्माणको लागि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ पनि सहयोग गर्नुभएको छ ।
यसैगरी कार्यक्रमका अध्यक्ष तथा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूले गोरखा नगरपालिका नेपालको पहिलो सडकमानवमुक्त नगरपालिका घोषणा भएको बताउँदै दुईवटा प्रदेशहरु कर्णाली र गण्डकी प्रदेश पनि सडक मानवमुक्त प्रदेश घोषणा भईसकेको बताउनुभयो । उहाँले मानवसेवा आश्रमका गतिविधिहरुसँगै गतवर्षको मेचीमहाकाली अभियानको बारेमा भिडियोमार्फत प्रष्ट्याउनुका साथै यो वर्ष हुन गईरहेको सोही अभियानको बारेमा पनि जानकारी गराउनुभएको थियो । मानवसेवा आश्रम गोरखा सेवाकेन्द्रको सुरुवात आजभन्दा आठ वर्षअघि भएको बताउँदै उहाँले गोरखाको निर्माणाधीन भवनबारे संक्षिप्त जानकारी गराउनुका साथै भवन निर्माण सम्पन्न गर्न आफ्नो क्षमताअनुसारको सहयोग गर्न सम्पूर्णमा आग्रह समेत गर्नुभएको छ ।
कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय महासचिव शुशिला केसीज्यूले स्वागत गीतसहितकाे मन्तव्य र मानवसेवा आश्रम गोरखाको संयोजक सम्भावना मानवसेवाज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उत्साहजनक आर्थिक सहयोगको प्रतिबद्धता पनि प्राप्त भएको छ । प्रतिबद्धताबाट ४१ लाख २४ हजार ७ सय १७ रुपैयाँ सहयोग प्राप्त भएको छ। सहयोग प्रतिवद्धताहरुमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीज्यूका बुवा बाबुराम अधिकारीज्यू र आमा ईन्द्रकुमारी अधिकारीज्यूले स्वर्गीय छोरी राधिका अधिकारीको स्मृतिमा एक कोठा भवन निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको प्रतिबद्धता गर्नुभएको छ । यस्तै मानवसेवा आश्रमका प्रमुख प्रशासकीय अधिकृत उतम थापाज्यूद्वारा बुवा ओमजंगज्यूको सम्झनामा एक सय बोरा सिमेन्ट योगदानका लागि ६३ हजार रुपैयाँ सहयोगको प्रतिबद्धता गर्नुभएको छ ।
यस्तै काभ्रेको धुलिखेल निवासी हरिगोपाल रञ्जितकारज्यूले बुवा रामगोपाल रञ्जितकारको सम्झनामा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ, जोगेनबाबु श्रेष्ठ तीना दाजुभाइकोतर्फबाट ५ लाख ११ हजार १ सय ११, यस्तै सिर्जना सिंहज्यूले ५ लाख ११ हजार ११ रुपैयाँ, हरिबाबु मास्केज्यूसहित ५ लाख ५५ हजार १ सय ११ रुपैयाँ, नवराज अमगाईले २ लाख ६५ हजार रुपैयाँ, रुद्र बगाालेज्यूले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, मेघबहादुर मास्केज्यू र श्रीमती शुभलक्ष्मी मास्केज्यूद्वारा २५ हजार ५ सय ५५ रुपैयाँ,पदम गुरुङज्यूद्वारा वार्षिक १ लाखका दरले पाँच वर्षसम्म ५ लाख रुपैयाँ साथै केही काठको पनि सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
त्यस्तै रामगोपाल श्रेष्ठज्यूले १ लाख ५१ हजार रुपैयाँ, समाजसेवी कोपिला पोखरेलज्यूले ६३ हजार रुपैयाँ, विपीन मल्लज्यूले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, किरण मास्के श्रेष्ठज्यूले २५ हजार ५५ रुपैयाँ, ईन्जिनियर होमनाथ पोखरेलज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ ,कल्पना पनेरुज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ, विष्णुकुमार श्रेष्ठज्यूले एक ट्रिप गिट्टी र एक ट्रिप बालुवा योगदानको प्रतिबद्धता गर्नुभएको छ। यस्तै सुरज धमला र अन्जन धमलाज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ, दिलानाथ कार्पी र छोरा चन्द्रशेखर कार्पीज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ, डा.आश्विन श्रेष्ठज्यूले २५ हजार ५ सय रुपैयाँ, गणेशबहादुर संग्रौलाज्यूले २५ हजार रुपैयाँ, हिराकाजी श्रेष्ठज्यूले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।